मंगलवार, आश्विन १३ गते २०८३
देवदह । रुपन्देहीको देवदह ७ मा अवस्थित कोलिय देवदह सहकारीमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ। कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था दिदिबहिनी क्लब स्तरीय तिज गीत प्रतियोगिता-२०८१ सम्पन्न भएको हो।
९३ जना दिदिबहिनी क्लब रहेको सहकारी संस्थाबाट २९ वटा समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए।जस अन्तर्गत प्रतियोगितामा कलुवा दिदिबहिनी क्लब प्रथम, सिद्दिविनायक दिदिबहिनी क्लब द्वितीय, प्रगतिनगर दिदिबहिनी क्लब तृतीय र मेलमिलाप दिदिबहिनी क्लबले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई नगद १५, १२, ९ र ४ हजार रुपैयाँ सहित प्रमाणपत्रले सम्मान गरिएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा कृष्ण नेपाल, सम्झना रणपाल र विधान कार्की रहेका थिए।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले सहकारीले आयोजना गरेको जनचेतनामूलक कार्यक्रमले सहकारीको विषयमा बुझ्न थप सहज भएको बताउनुभयो । सहकारीले महिलाहरूलाई उद्यमी बनाउन, महिला शसक्तिकरणको लागि काम गर्न, नेतृत्व विकास सङ्गै आयमूलक तालिमलालाई जोड्न आग्रह उपप्रमुख गुरुङले आग्रह गर्नुभयो ।
उहाँले तिज पर्व वास्तवमा छोरीले माइतमा वेदना पोख्ने वर्ष भरी भोगेको पिडालाई गित मार्फत वेदना पोखिने, सास्कृतिक पर्व भएपनि पछिल्लो समय भड्किलो र तिज बनाउने बहानामा विकृति फैलिएको धारणा व्यक्त गर्नुभयो।
प्रतियोगिता जेष्ठ सदस्य तारा प्रसाद खरेलको अध्यक्षता, प्रतियोगिताका संयोजक सम्झना डुवेको स्वागत र कर्मचारी खिमा न्यौपानेको संचालनमा सम्पन्न भएको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij