मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह बोर्डिङमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

देवदह बोर्डिङमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

images
  • 495
    SHARES

  • images
    images
    images
    देवदह बोर्डिङमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह स्थित देवदह ईङलिस बोर्डिङ हाई स्कूलमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। साप्ताहिक रुपमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत बुधबार तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो। विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो ।

    जस अन्तर्गत कक्षागत (१–३) तीज गीत तथा नृत्य  प्रतियोगितामा कक्षा २ रोज प्रथम, १ रोज द्वितीय र ३ रोजका विद्यार्थीहरुले तृतीय स्थान हासिल गरेका थिए । त्यसैगरि अन्तरसदनात्मक जुनियर (४–६) तर्फबाट रातो सदन प्रथम, पहेलो सदन द्वितीय र हरियो सदन तृतीय भएका थिए भने सिनियर (७–९) तर्फबाट हरियो सदन प्रथम, पहेलो सदन  द्वितीय र रातो सदनले तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
         
    आन्तरिक विद्यालय व्यवस्थापक सुजाता लामिछानेको अध्यक्षता, संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता, विद्यालयका नृत्य शिक्षक भावना पुन, सङगीत शिक्षक सुमन गुरुङ र अतिरिक्त क्रियाकलाप संयोजक अर्पण पौडेलको निर्णायक भूमिका रहेको उक्त कार्यक्रम शिक्षक आशिष वस्यालले सञ्चालन गरेका थिए ।
     

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij