मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सगरमाथा मा.वि.मा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न

सगरमाथा मा.वि.मा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न

images
  • 439
    SHARES

  • images
    images
    images
    सगरमाथा मा.वि.मा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न
    images
    images
    images

    देवदह। रुपन्देहीको  देवदह -७, शीतलनगरमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा वृहत तीज गीत नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रि.प्राइमरी, प्राथमिक र माध्यमिक तहमा गरी ६० समुहले सहभागीता जनाएका थिए । 

    नृत्य प्रतियोगितामा प्रि.प्राइमरी तहतर्फ कक्षा गत रुपमा सञ्चालन भएको प्रतियोगितामा १४ समूहले  प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेका छन् । प्राथमिक तहतर्फ २ सि का एन्जीसा अदैको समूह प्रथम, ५ सिका सिवानी कुँवरको समूह द्धितीय र ४ एका दिप्सीका सारु र ३ एका एकता गुरुङले  तृतीय स्थान हासिल गरेका छन् । त्यसै गरी माध्यमिक तहतर्फ कक्षा १० का जान्वी खड्काको समूह प्रथम, कक्षा ९ ब्लुका सृष्टी बगालेको समूह द्धितीय र कक्षा ८ रेडका प्रकृति डुम्रेको समूहले तृतीय स्थान हासिल गरेका छन् । 

    images
    images
    images

    कार्यक्रममा शिक्षक अनिता डम्मरपाल, विनिसा गुरुङ्ग, ज्योति थापा र पत्रकार हरि भूसालले निर्णायकको भूमिका निर्वाह गर्नुभयो । आफ्नो लोक परम्परा र मौलिक संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालय सञ्चालक कल्पलता पौडेलको अध्यक्षता, प्राचार्य कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्य र शिक्षक अम्बिका पराजुली र मिनु घिमिरेको सञ्चालनमा सम्पन्न भयो । 

    सामाजिक उत्तरदात्वि बहन गर्ने उद्देश्यका साथ शीतलनगरमा अवस्थित दुर्गा मन्दिरको परिसरमा सगरमाथा ल्ऋऋ र सगरमाथा स्काउटका विद्यार्थीहरुको सक्रियतामा वाटिका निर्माण गरी फूल तथा वृक्ष रोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै ‘समूदायसँग सगरमाथा’ भन्ने उद्देश्यका साथ यस परिसरमा फूल र वृक्ष रोपण गरिएको र यसको संरक्षण पनि विद्यालयले नै गर्ने जिम्मेवारीका साथ अगाडि  बढेको कुरा व्यक्त गर्नुभयो । 

    कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेल, संस्थापक कल्पलता पौडेल, सह–प्राचार्य लेखनाथ काफ्ले सहित शिक्षक तथा अभिभावक र सगरमाथा स्काउटका विद्यार्थीहरु सहभागी भएका थिए । 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij