मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

प्याब्सन देवदहद्वारा एसईई र कक्षा ८ मा उतिर्ण विद्यार्थी र अभिभावकलाई सम्मान

प्याब्सन देवदहद्वारा एसईई र कक्षा ८ मा उतिर्ण विद्यार्थी र अभिभावकलाई सम्मान

images
  • 365
    SHARES

  • images
    images
    images
    प्याब्सन देवदहद्वारा एसईई र कक्षा ८ मा उतिर्ण विद्यार्थी र अभिभावकलाई सम्मान
    images
    images
    images

    देवदह । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन रुपन्देहीले एसईई र कक्षा ८ मा उतिर्ण विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ। सोमबार एक कार्यक्रमको आयोजना गरि एसईईमा ३.६ जिपिए र सो भन्दा माथी अंक प्राप्त गर्ने विद्यार्थी र कक्षा ८ को नगर स्तरीय परिक्षामा नगर प्रथम हुन सफल विद्यार्थीलाई सम्मान गरिएको हो।

    सम्मानित हुनेहरुमा एसईईमा उत्कृष्ट अंक सहित उतिर्ण गर्न सफल २२ जना विद्यार्थी र कक्षा ८ को नगर स्तरीय परिक्षामा ३.९४ जिपिए प्राप्त गरि नगर प्रथम हुन सफल ग्रीन प्लान्ट आवासीय माविकि आकृति अधिकारी र अभिभावकहरु रहेका छन् ।

    images
    images
    images

    सम्मान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले शिक्षाको विकास विना समाज रुपान्तरण हुन नसक्ने भन्दै नगरपालिकाले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खरेलले पछिल्लो समय विदेश प्रतिको मोह बढेको र त्यसले गर्दा दक्ष जनशक्ति बढेको कारण स्वदेशमै बसेर अध्ययन गर्न रोजगारीको वातावरण सृजना गर्ने गरि काम गर्ने वातावरण बनाउनु पर्ने र त्यसको लागि सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एक नारायण काफ्लेले विद्यार्थीलाई हौसला प्रदान गर्न र प्रोत्साहन गर्नका लागि प्याब्सन देवदहले नगरपालिकामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको बताउँदै त्यसले विद्यार्थीलाई हौसला बढाएको बताउनुभयो ।

    त्यस्तै प्याब्सन देवदहका वरिष्ठ सल्लाहकार बोधराज गौडेलले पछिल्लो समय नैतिक शिक्षाको खडेरी परेको बताउँदै वर्तमान परिवेशमा नैतिक सङ्गै प्राविधिक शिक्षाको समेत आवश्यकता रहेको औल्याउँनुभयो।

    देवदह मदर टङ्स एकेडेमीका प्रबन्ध निर्देशक भिम प्रसाद गुरुङले निजी विद्यालयहरुले राम्रो नतिजा दिन सफल भएको र शिक्षाको गुणस्तरलाई माथी उठाउनका लागि निजी विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

    कार्यक्रममा विद्यार्थीको तर्फबाट सलिना खड्का, अभिभावकको तर्फबाट धनपती सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    देवदह मदर टङ्स एकेडेमीका प्रबन्ध निर्देशक भिम प्रसाद गुरुङले निजी विद्यालयहरुले राम्रो नतिजा दिन सफल भएको र शिक्षाको गुणस्तरलाई माथी उठाउनका लागि निजी विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

    विद्यार्थीलाई हौसला र सम्मानका साथै अतिरिक्त क्रियाकलापलाई महत्त्व दिदै प्याब्सन देवदहले नियमित रुपमा यस्ता खालका कार्यक्रमलाई प्राथमिकताका साथ राखेर काम गरिरहेको प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङले बताउनुभयो ।

    कार्यक्रम प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, कोषाध्यक्ष टिकाराम चापागाईंको स्वागत र सचीव कृष्ण गैरेको संचालनमा सम्पन्न भएको थियो।​

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij