सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

अनौको वेदना

अनौको वेदना

विवेक पौडेल

images
  • 461
    SHARES

  • images
    images
    images
    अनौको वेदना
    images
    images
    images

    उ विदेश पस्दा फुकेका

    दुई चौबन्दीका फुर्का

    images
    images
    images

    फेरी बाँधिने आशमा पर्खि रहेछन् ।

    उ बेला साथी जस्तै रहेको हलोको अनौ,

    हली आउने आशमा टोलाइरहेछ ।

    न उ चौबन्दी लगाउन आइ

    न उ हलो समाउन आयो ।

    न देशमा रमाउन आयो ।

    न नागरिक हुँ भनि जनाउन आयो ।

    अनौ टोलाउँदै रह्यो,

    चौबन्दीमा ढोडेसी लाउँदै गयो ॥

    हलोमा धमिरो लाउँदै गयो ।

    पर्खाइमा बसेको

    चौबन्दीको आश मरेर गयो ।

    हलोको अनौ सडेर गयो ॥

    अनौ र हली टाढिएसँगै,

    हलो र खेत टाढिदै गए ।

    खेत र बारी बाझिँदै गए ।।

    बा बारी को माटो सारो भयो

    हलो चलाउन गार्‍हो भयो

    ट्याक्टर किनिदेउ भन्छ छोरा ।

    बा भरे भरे भन्छन्

    फेरि सम्झाउन खोज्छ

    कति कराउँछ हरे भन्छन् ।

    बा ले केहि भन्दैनन् ,

    उसका कुरा गन्दै गन्दैनन् ।।

    बा सँग रिसाएर

    ट्याक्टरको आशमा

    हलो छोडेर विदेश गएको उ,

    उदो उदो भन्छ ट्याक्टर तल आउदैन ।

    उबो जा भन्छ उ माथी जादैन ।

    मान्दैनस् भन्छ, ट्याक्टर केही बोल्दैन ।

    मुख त खोल्दै खोल्दैन ।

    अझै मान्दैनस भन्छ, टायरमा हान्छ ।

    ट्याक्टर अगाडी बढ्दैन ।

    जती पिटे पनी अघि सर्दैन ।।

    अरे कस्ले भनिदिने त्यो ट्याक्टर हो,

    कुनै माले हैन । तारे गोरु हैन ।।

    उता ट्याक्टर चलाउन नजान्दा,

    हात फालीले खायो।

    यता खेत बनमाराले खायो ।

    उता उसले ट्याक्टर चलाउन खोज्दै छ

    यता देशले उसलाई खोज्दै छ

    पासपोट सँग

    विदेशीको परिचय किनेको उसले

    देशमै विदेशी बनेर घाइते बनेर आउदा,

    न ट्याक्टर पाउछ ।

    न आमाको अनुहारमा खुशी देख्न पाउछ ।

    न खेतले हली पाउछ ।।

    हिजो उ गयो, आज त्यो जादैछ ।

    देश बृद्ध आश्रम बन्दैछ ।।

    दिनहु हजारौं सपना टुट्दै , साथ छुट्दैछन् ।।

    ट्याक्टरको आशा विदेशिने त्यसलाई,

    कस्ले भनिदिने ?

    फालीले हात खाएका कुरा,

    विदेशमा दुख पाएका कुरा,

    सपना टुटेका कुरा ,

    देश सँग सम्बन्ध फुटेका कुरा,

    हिजो उ

    नेपाल आमाको छातीमा टेकेर विदेश पस्दा

    धेरैको सम्बन्ध टुटे, चौबन्दीका सपना टुटे,

    अनौ र हलीको सम्बन्ध टुट्यो

    हलो र खेतको साथ छुट्यो

    त्यसैले सिप सिक

    सुविधा सम्पन्न हुन बा लाई फकाउ,

    त्यो ट्याक्टर देशमै चलाउ,

    हलो सँगको सम्बन्ध कायम गराउ,

    चौबन्दी र अनौका सपना साकार बनाउ,

    देशमै जुट युवा देश बनाउ ।

    देश बचाउ। देशमै रमाउ ।​

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij