बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

पाल्पामा आईसोलेसनमा रहेका १ जनाको मृत्यु :रिपोर्ट आउन बाकीं

पाल्पामा आईसोलेसनमा रहेका १ जनाको मृत्यु :रिपोर्ट आउन बाकीं

images
  • 2.3K
    SHARES

  • images
    images
    images
    पाल्पामा आईसोलेसनमा रहेका १ जनाको मृत्यु :रिपोर्ट आउन बाकीं
    images
    images
    images

    सुमन कार्की,
    पाल्पा, २६ जेठ । पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि संगै आईसोलेसनमा रहेका १ जनाको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचारत दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो भने एक जना आइसोलेसनमा उपचारार्थ व्यक्तिको मृत्यु भएको छ जस्को रिपोर्ट भने आउन वाँकी रहेको छ ।

    गुल्मीको मालिका गाउँपालिका ३ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। राजु शाक्यले जानकारी दिनुभयो ।

    images
    images
    images

    आइतबार उपचारका लागि अस्पताल आएका बिरामीमा श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि आइसोलेशन कक्षमा उपचारका क्रममा मृत्यु भएको र उनको पीसीआरको नतिजा आउन बाकी रहेको डा। शाक्यले बताउनुभयो ।

    सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा पूर्वखोला गाउँपालिका १ सिलुवाका २३ वर्षीय पुरुष तथा गुल्मीको रूरू गाउँपालिका १ का ३२ वर्षका पुरूषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

    उनीहरु दुवैजनाको तानसेनस्थित लुम्बिनी मेडिकल कजेलमा उपचार भैरहेको न्यौपानेले बताउनुभयो । उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि जेठ २२ गते थप उपचारका लागि मेडिकलमा पठाइएको पूर्वखोला गाँउपालिकाका स्वास्थ्य संयोजक ढकालले जानकारी दिनुभयो ।

    यसअघि पाल्पाको मिसन हस्पिटलमा मृत्यु भएका पुरुषसंगै आएका ४१ जना मध्येका ३९ जनाको स्वाव परीक्षण भोलिदेखि गरिने तयारी भएको गाउँपालिकाले जनाएको छ । पाल्पामा पर्याप्त किट नहुदा परीक्षणमा ढिला भएको हो ।

    जवकी २० गतेनै एकजना पुरुषको कोरानाका कारण मृत्यु भैसकेको थियो । पाल्पामा यसअघि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक जनाको मृत्यु भएको छ । ६ जना संक्रमित तानसेनको वृद्धाश्रमको आइसोलेशनमा र २ जना रामपुरको आइसोलेशनमा रहेका छन् ।
    संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको आइसोलेशनमा उपचार हुँदै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

    images
    images
    • सोमवार, जेठ २६ २०७७०७:५२:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij