देवदह । रुपन्देहीको देवदह ७ स्थित स्वर्णिम सगरमाथा कलेजमा कक्षा -११ का विद्यार्थीहरुलाई स्वागत गरिएको छ । कक्षा -१२ का विद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरि कक्षा -११ का विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषिराम सापकोटाले अबको शिक्षा बजारमा बिक्ने हुनुपर्ने बताउदै सगरमाथा कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको बताउनुभयो । उहाले विद्यार्थीहरुलाई २ बर्षको अवधिमा विद्यार्थीहरुको सिकाइमा कुनै कुराको कमि हुन नदिने र उनीहरूको प्रतिभा समेत प्रस्फुटन गर्न सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा देवदह नगरपालिकाका पुर्व नगर प्रमुख तथा स्वर्णिम सगरमाथा कलेजका सञ्चालक हिरा बहादुर खत्री, विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेल, सगरमाथा आवासीय मा.विका अध्यक्ष डिल्लीराज मरासिनी, विद्यालय सञ्चालक समिती सदस्य तथा देवदह ई. बो.स्कुलका प्रिन्सिपल विष्णु पौडेल, देवदह स्थायी प्रहरी चौकीका प्रहरी ईन्चार्ज एक्क बहादुर नेपाली, स्कुल क्याप्टेन शिक्षा पौडेल, विद्यार्थी कृति न्यौपाने लगाएतले आ-आफ्नो भनाई राखेका थिए ।
सोही अवसरमा अतिरिक्त क्रियाकलापमा स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक पोशाक शो, नृत्य तथा आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रम कक्षा १२ मा अध्ययनरत छात्रा नन्दनी गुरुङको अध्यक्षता, विद्यालयका सहायक प्राचार्य प्रदिप अधिकारी र कोडिनेटर दिपेश मल्लको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij