सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

टाउको सहितको मुर्कट्टा

टाउको सहितको मुर्कट्टा

विवेक पौडेल

images
  • 337
    SHARES

  • images
    images
    images
    टाउको सहितको मुर्कट्टा
    images
    images
    images

    टाउको सहितको मुर्कट्टा व्यापारी आयो,

    गुनगान गायो, काइयो देखायो ।

    images
    images
    images

    तालु करायो ..

    छेउको मुर्कट्टा, मनमै मुस्कायो ।।

    उ मुर्कट्टानै न हो न त बोल्न सक्छ

    न आक्रोश खोल्न सक्छ ।

    सक्छ त केवल हातखुट्टा चारकुना फालेर पल्टिन ।।

    उ तालुनै न हो ।

    उसले बोल्यो हेपाइको आक्रोश खोल्यो

    उसले सक्ने भनेकै यहि न हो ।

    न तालु कराउन छोड्यो

    न व्यापारी गुणगान गाउन छोड्यो

    न उसको बोली प्रभावित भयो ।।

    भयो त केवल तालु मुर्कट्टा भयो ।।

    उसले आँखाले देखेको अन्याय ,

    नाकबाट लामो सास तानी,

    त्यो मुखबाट निस्केको बिद्रोहको बोलिको ,

    कुनै अर्थ भएन ।।

    भयो त केवल तालु मुर्कट्टा भयो ।। 

    यो व्यापारीको सहर हो

    जहाँ तालुको शोषण गरिन्छ ।

    मुर्कट्टा माथी शासन गरिन्छ 

    म पनि तालु थिए ।

    आज मुर्कट्टा भएको छु ।।

    तिमी तालु छौ ।

    यी व्यापारीले,

    भोलि तिमिलाइ पनि मुर्कट्टा बनाउनेछन् ।

    तिमी पनि म जस्तै

    छेउमा चारकुनामा हातखुट्टा फालेर पल्टिनुपने छ ।

    मनमौ मुस्काएर बस्नुपर्ने छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij