कार्तिक ७, अस्ट्रेलिया । रुपन्देहीको देवदह नगरपालिका-७ मा अवस्थित सगरमाथा आवासीय माविका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडललाई उत्कृष्ट प्रिन्सिपल अवार्ड २०२४ द्वारा सम्मान गरिएको छ।

काठमाडौँबाट अङ्ग्रेजीमा प्रकाशन हुने कलेज रिडर्सले अस्ट्रेलिया नेसनल युनिभर्सिटी क्यानबेरामा बुधबार विभिन्न विधामा अवार्ड वितरण गरेको हो छ ।म्यागजिनले देशभरिबाट सामुदायिक क्याम्पस, सामुदायिक विद्यालय पब्लिक क्याम्पस ,सम्बन्धन प्राप्त क्याम्पस र निजी तथा आवासीय विद्यालयहरूका अध्यक्ष, क्याम्पस प्रमुख र प्राचार्यहरू गरी १५ जनालाई व्यक्तिगत रूपमा र ३० जनालाई संस्थागत रुपमा अवार्डहरू वितरण गरेको हो ।
रुपन्देही जिल्लाबाट सगरमाथा सेकेन्डरी बोडिङ्ग स्कुल देवदहका प्राचार्य कृष्णप्रसाद पौडेललाई उत्कृष्ट प्रिन्सिपल अवार्ड २०२४ त्यसैगरी सामुदायिक विद्यालयतर्फ नवीन औद्योगिक कदरवहादुर रीता मा. वि. का प्रधानाध्यापक प्रेमबहादुर बस्नेतलाई उत्कृष्ट प्रिन्सिपल अवार्ड २०२४ सम्मान गरिएको छ ।
त्यस्तै , क्रिम्सन कलेज अफ टेक्नोलोजी बुटवललाई बेस्ट हेल्थ साइन्स एन्ड आइटी कलेज अवार्ड २०२४ क्याम्पस प्रमुख देवी भण्डारीले र सिद्धार्थ ग्यालेक्सी पब्लिक स्कुल तिलोतका जीवन गुरुङले गुडविल उपलब्धिअवार्ड २०२४ प्राप्त गर्नुभएको छ।

उक्त अवार्ड वितरण समारोहमा अवार्ड वितरण जुरी समितिका संयोजक मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपकबहादुर शाक्य , नेपाली राजदूतावास क्यानबेराका प्रतिनिधि भोजेन्द्र राज लिंगदेल ,अस्ट्रेलियन नेसनल युनिभर्सिटी क्यानबेराका मार्केटिङ म्यानेजर सुमन भट्टराई, एनआरएनए क्यानबेराका कोषाध्यक्ष विनोद केसी, कलेज रिडर्सका संरक्षक तथा हिसान बागमती प्रदेश अध्यक्ष भवानीप्रसाद पौडेलले कार्यक्रमको औचित्य बारेमा प्रकाश पार्नुभएको थियो।
अङ्ग्रेजीमा प्रकाशन हुने कलेज रिडर्स म्यागजिनले नेपालमा रहेका सामुदायिक क्याम्पस, सामुदायिक विद्यालय ,पब्लिक क्याम्पस ,निजी क्याम्पस तथा निजी विद्यालयहरूका असल शैक्षिक अभ्यासहरू अन्तर्गत समयको मागअनुसार विश्व बजारमा अवलम्बन गरिएका असल अभ्यासहरू, नविनतम र सृजनशील कार्यहरुलाई सूचना र प्रविधिमा आधारित विवरण संकलन गरी प्रकाशन गर्ने कार्य अभियानको रुपमा गर्दै आएको छ।
कलेज रिडर्सका प्रधान सम्पादक रामहरि सिलवालको अध्यक्षतामा केशव नेपालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सम्मानित हुनेहरूको तर्फबाट इन्जिनियर डाक्टर मिथलेश कुमार झा ,रन्जना प्रधान ,निशा भट्ट, प्राध्यापक इन्जिनियर हरि भण्डारी, डाक्टर शैलेन्द्र गिरी राजन श्रेष्ठ र आनन्द यादवलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij