प्रदेश पाचका मुख्य मन्त्रि शंकर पोखरेलले प्रदेश ५ मा प्रदेश सरकारले गरेको कामप्रति आलोचना, विरोध र सुझाव भए फेसबुक तथा अन्य सामाजिक संजाल मार्फत सुझाब दिन आग्रह गर्दै सडकमा जानुपर्ने जरुरि नहारेको बताउनु भएको छ ।
सर्बसाधारणको समस्या,बिरोध र आलोचना तथा सुझाब सुनुवाई गरिने मुख्य मन्त्रि पोखरेलले फेसबुक स्टाटस मार्फत जानकारी दिनुभएको हो ।
कोरोना भाईरस (कोभिड-१९ ) को परीक्षण भरपर्दो वनाउन र धेरै परिक्षण गर्नु पर्छ भनेर आम नागरिकको स्वास्थ्य सुरक्षा वारे सरकारलाई खवरदारी गर्नु, झकझकाउनु राम्रो कुरा हो ।
तर, कोभिड-१९ संक्रमणको महामारी वढ्दो छ । लकडाउन अझै सकिएको छैन । भोकमरीवाट वच्नको लागि सरकारले लकडाउन केही खुकुलो वनाएको मात्र छ । यो वेला "भिडभाड" गरेर आन्दोलन गर्ने र आन्दोलन गर्न उक्साउने वेला होईन । "भिडभाड" कोभिड-१९ महामारीको भाईरस सर्ने उपयुक्त माध्यम हो ।
सरकारका काम कारवाही वारे चित्त नवुझे सरकारलाई खवरदारी गर्नु अन्यथा होईन । आफ्ना दृष्टिकोण, असहमतिहरु सामाजिक सञ्जाल फेसवुक, ट्विटर, तथा सञ्चारका माध्यवाट पनि राख्न सकिन्छ ।
तसर्थ: "भिडभाड" नगर ! कोभिड-१९ महामारीको कारण आन्दोलनको स्वरुप पनि परिवर्तन गर्नुहोस ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij