लुम्बिनी पाना । सामाजिक कार्यमा क्रियाशिल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले गुल्मीका विरामी झकेन्द्र सर्वुजालाई उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
मगर संसार फोटो ग्यालरीको २३३ औं सहयोगको रुपमा मोटरसाइकल दुर्घटना बाट शक्त घाइते गुल्मी जिल्ला कालीगण्डकी -६ निवासी झकेन्द्र सर्वुजा मगरको थप उपचारको लागि मगर संसार फोटो ग्यालरीले चालेको ७८,६०७/ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको ग्रुपका संस्थापक अध्यक्ष अनिल लामिछानेले जानकारी दिनुभयो ।
मगर संसार फोटो ग्यालरीका अध्यक्ष अनिल लामिछाने मगरको पहलमा सहयोग संकलन अभियान संचालन गरि मगर संसारका एडमीनहरु मेक्सम राना मगर र रामबाबु मगरले विरामीका आफन्तलाई संकलित रकम हस्तान्तरण गरिएको हो।
मोटरसाइकल दुर्घटनामा परि घाइते भएका सर्वुजालाई बुटवलमा उपचार पश्चात् थप उपचारको लागि काठमाडौ स्थित विर अस्पतालमा लगिएको थियो।सर्वुजा हाल सोही अस्पतालमै उपचाररत हुनुहुन्छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij