लुम्बिनी पाना, देवदह । विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउने उद्धेश्यले रुपन्देहीको देवदह स्थित जनप्रिय माविमा वाल क्लब गठन गर्न निर्वाचन भएको छ ।
देवदह -१० को भलुहीमा रहेको विद्यालयले मंगलवार शैक्षिक ज्ञान साथ साथै ब्याक्तित्व र नेतृत्वको बिकास गराउने उद्देश्यले सामाजिक शिक्षा बिषय अन्तर्गतको पाठ्यक्रममा रहेको निर्वाचन सम्बन्धि पाठलाई प्रत्यक्ष सहभागी सहितको व्यवहारिक ज्ञान दिने हेतुले मतदान गराएको सोही विद्यालयका व्ययवस्थापन समितिका अध्यक्ष अमर लामिछानेले जानकारी दिनु भयो ।
निर्वाचनबाट अध्यक्षमा सृजना पान्डे, उपाध्यक्षमा मानवी मल्ल, सचिवमा रोजिना पौडेल, कोषाध्यक्षमा मिसन पछाइ,स–सचिव–उसा दर्लामी त्यस्तै सदस्यहरुमा अमित खनाल, ईश्वर पोखरेल, प्रीन्स भट्टराई, सन्देश पन्थी निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक रमेश थापाले जानकारी दिनु भयो ।
अध्यक्षमा निर्वाचित सृजना पाण्डेले ९९ मत, उपाध्यक्षमा निर्वाचित मानवी मल्लले ९७ मत, सचीवमा निर्वाचित रोजिना पौडेलले ७७ मत, कोषाध्यक्षमा निर्वाचित मिसन पछाईले ९० मत र सहसचिवमा उषा दर्लामीले सबैभन्दा बढी १०८ मत प्राप्त गरेका थिए।
कक्षा ६ देखि १२ सम्मका २ सय ८२ छात्रछात्रा मतदाता सहभागी भएको निर्वाचनमा २ सय ३९ मत खसेको थियो। बाल क्लबको निर्वाचनमा ३ वटा प्यानलबाट २७ जना उमेदवारहरुले भाग लिएका थिए ।
विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान सिकाउदै उनिहरुको शैक्षिक ज्ञान साथै ब्याक्तित्व र नेतृत्वको बिकास गराउने उद्देश्यले सामाजिक शिक्षा बिषय अन्तरगतको पाठ्यक्रममा रहेको निर्वाचन सम्बन्धि पाठलाई प्रत्यक्ष सहभागी सहितको ब्यबहारिक ज्ञान दिने उदेश्यले विद्यालयमा बाल क्लवको गठन निर्वाचन प्रणालीमार्फत गरिएको विद्यालयले जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij