मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बाल क्लबका निर्वाचित पदाधिकारीले लिए पद तथा गोपनियताको सपथ

बाल क्लबका निर्वाचित पदाधिकारीले लिए पद तथा गोपनियताको सपथ

images
  • 268
    SHARES

  • images
    images
    images
    बाल क्लबका निर्वाचित पदाधिकारीले लिए पद तथा गोपनियताको सपथ
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह -१० को जनप्रीय माध्यमिक विद्यालयमा मङ्गलबार भएको बाल क्लबको निर्वाचनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

    बुधबार विद्यालयको प्राङ्गणमा नवनिर्वाचीत ९ जना पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत रमेश थापाले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

    images
    images
    images

    निर्वाचनबाट अध्यक्षमा कक्षा ९ मा अध्ययनरत सृजना पान्डे उपाध्यक्षमा मानवी मल्ल, सचिवमा रोजिना पौडेल, कोषाध्यक्षमा मिसन पछाइ, सहसचिवमा उषा दर्लामी निर्वाचित भएका थिए। त्यस्तै सदस्यहरुमा अमित खनाल, ईश्वर पोखरेल, प्रीन्स भट्टराई, सन्देश पन्थी निर्वाचित भएका थिए।

    शपथ ग्रहण कार्यक्रममा देवदह नगरपालिकाका प्रथम नगर प्रमुख हिरा बहादुर खत्रीले विद्यालयकै पाठ्यक्रममा भएका कुराको अभ्यासले व्यवहारिक ज्ञान हासिल हुने बताउँदै बाल अधिकारको आवाज उठाउन र निर्णय तहमा पुर्याउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।

    शैक्षिक ज्ञान साथ साथै ब्याक्तित्व र नेतृत्वको बिकास गराउने उद्देश्यले सामाजिक शिक्षा बिषय अन्तर्गतको पाठ्यक्रममा रहेको निर्वाचन सम्बन्धि पाठलाई प्रत्यक्ष सहभागी सहितको व्यवहारिक ज्ञान दिने हेतुले मतदान गराएको सोही विद्यालयका व्ययवस्थापन समितिका अध्यक्ष अमर लामिछानेले जानकारी दिए।

    सपथ ग्रहण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गायत्री प्रसाद खरेल, विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागीता रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij