लुम्बिनी पाना, बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सवको दोस्रो दिन आज चर्चित नायिका मिरुना मगरले पनि बहस गर्ने कार्यतालिका रहेको छ। कलाले देश चिन्दै र चिनाउँदै भन्ने शिर्षकमा बहस गर्ने कार्यक्रमका लागि मिरुना मगर सहित चर्चित कलाकार तथा चलचित्र निर्माता, निर्देशक, लेखकहरुले बहस गर्ने कार्यक्रम रहेको छ।
आज शनिबार बुटवलको जितगढी किल्लामा जारी महोत्सव अन्तर्गत प्रतिनिधिसभाका उप सभामुख इन्दिरा राना मगर, पूर्व सभामुख ओनसरी घर्ती मगरले बहस गर्ने कार्यक्रम रहेको छ ।
उपसभामुख इन्दिरा रानाले प्रेरणा सेवा सम्वाद अन्तरगत उत्थान अभियानदेखि उपसभामुखसम्म आफ्ना यात्राहरु बारेका अनुभव सुनाउने छिन् भने पूर्व सभामुख ओनसरी घर्ती मगरले महिला, राजनीति र नेतृत्व बारे बहस गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए ।
पूर्व सभामखु घर्तीले अध्यक्षता गर्ने प्यानल बहसमा नेपाल मगर संघकी सहअध्यक्ष गंगा खासु, डा. वर्षा थापा मगर, अध्यता गंगा पुन मगर र बगनाशकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले महिला महिला नेतृत्व बारे बस गर्ने छन् । उक्त बहसको सहजिकरण पत्रकार दिपा आले मगरले गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवमा मगर संघको नेतृत्व बारे पनि बहस हुने व्यवस्थापन समिति संयोजक केशरी तरामुले जानकारी दिइन् । नेपाल मगर संघका संस्थापक सुरेश आले मगर, मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, नेपाल मगर महिला संघ केन्द्रीय अध्यक्ष हिरुसरा राना मगर र अध्येता संजोग लाफा मगरलाई एकै ठाउँमा राखेर मगरको इतिहास, वर्तमान र भविष्यका बारेमा छलफल हुने महोत्सव व्यवस्थापन संयोजक तरामुले जानकारी दिइन् ।
चर्चित नायिका मिरुना मगरसहित कला निर्देशक तथा अनुसन्धानकर्ता सुजना श्रीस, चलचित्र निर्देशक तथा लेखक अशोक थापा र चलचित्र निर्देशक अनिल बुढा मगरले कलाले देश चिन्दै र चिनाउँदै भन्ने शिर्षकमा बहस गर्ने कार्यक्रम रहेको महोत्सव प्रचार समिति संयोजक यम रानाले जानकारी दिए । महोत्सवमा साहित्य, धर्म र सँस्कृति, मगर पनुःजागणको युग लगायतका विषयमा समेत प्यानल बहस रहने रानाले जानकारी दिए ।
मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी ‘आफ्नो कथा आफै लेखौं’ भन्ने मूल नाराकासाथ महोत्सव आयोजना गरिएको नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष तथा मूलक आयोजक समिति संयोजक निर्मला थापाले जानकारी दिइन् ।
महोत्सवमा गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार तथा आदिकवि जितबहादुर सिंजाली र रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरिने समेत उनले जानकारी दिइन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij