मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह महोत्सवमा डोरी तान्ने प्रतियोगिता

देवदह महोत्सवमा डोरी तान्ने प्रतियोगिता

images
  • 334
    SHARES

  • images
    images
    images
    देवदह महोत्सवमा डोरी तान्ने प्रतियोगिता
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह महोत्सवमा अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता शुरु भएको छ । खेल संयोजक खेमराज चापागाईको अध्यक्षता र देवदह नगरपालिका–७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा देवदह क्षेत्रमा रहेका १२ वटा टोल विकास संस्थाहरुको सहभागिता रहेको खेल संयोजक खेमराज चापागाईले जानकारी दिनु भयो ।

    प्रतियोगिता अन्तर्गत पहिलो चरणको खेल सम्पन्न भएको छ । खेलमा नमुना हरियाली टोल विकास संस्था, शितलनगर टोल विकास संस्था, केशवमार्ग टोल विकास संस्था, संगम टोल विकास संस्था, प्रेम टोल विकास संस्था, संगमपाल्पाली टोल विकास संस्था दोश्रो चरणमा प्रवेश गरेको छ ।२ प्रतियोगिताका विजेताले नगद १५ हजार, द्धितियले नगद १० हजार र तृतिय हुनेले नगद ५ हजार प्राप्त गर्ने संयोजक चापागाईले जानकारी दिनु भयो । दोश्रो चरणको खेल शनिवार दिउसो १ बजे देखि शुरु हुने आयोजकले जनाएको छ ।

    images
    images
    images

    कृषि, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देवदहमा रहेका ऐतिहासिक स्थलहरू भवानीपुर, रोहिणी नदी, देवदह दह, कन्यामाई, वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्य संगै देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने संयोजक गुरुङ्गको भनाई थियो।

    महोत्सवमा लुम्बिनीको प्राचिन मायादेवी ग्राम सहितको मोडल, पाकडी वृक्ष आकृति, फोटो प्रदर्शनी, विज्ञान प्रर्दशनी, ऐतिहासिक माथागढी, गुरुङ र मगर समुदायको ऐतिहासिक घर, सेल्फी जोन, लगायतका आकर्षक रहेको महासचिव हरिलाल भण्डारीले जानकारी दिनु भयो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij