मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

'उत्पादन सङ्ग जोडिदै सामुदायिक वन'

'उत्पादन सङ्ग जोडिदै सामुदायिक वन'

images
  • 463
    SHARES

  • images
    images
    images
    'उत्पादन सङ्ग जोडिदै सामुदायिक वन'
    images
    images
    images

    निर्मल एसपी थापा । पछिल्लो समय नेपालमा विभिन्न संघसंस्थाको आयोजनामा मेला महोत्सव हुने गरेको छ। मेला महोत्सवमा सांस्कृतिक कार्यक्रम सङ्गै स्थानीय उत्पादन कृषि र खाद्य सामाग्रीलाई प्राथमिकता दिएर राखिएको आयोजक संस्थाहरुले प्रचार गर्ने गर्दछन् ।Messenger_creation_4AE032F4-5BE6-4A1D-9805-FC611001A29B.jpeg

    स्थानीय सामाग्रीलाई प्राथमिकता दिएको कुरा धेरै मेला महोत्सवमा प्रचारमा मात्रै सिमित भएको छ भने केही ठाउँमा लाग्ने मेला महोत्सवमा भने प्रचार गरेजस्तै औचित्य पुष्टि समेत हुने गरेको छ।मेलामा राखिने उत्पादन सामाग्रीले व्यवसायीको उत्पादन बिक्रि सङ्गै व्यवसायीक प्रबर्द्धनमा समेत सहयोग पुगेको छ।IMG-20250203-WA0002.jpg

    images
    images
    images

    यतिबेला रुपन्देहीको देवदहमा देवदह व्यापार संघको आयोजनामा नवौं देवदह राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव संचालन भैरहेको छ। महोत्सव सास्कृतिक कार्यक्रम, डान्सिङ्ग, सिङ्गिङ, लोकनृत्य, भलिबल लगायत विभिन्न प्रतियोगिताहरु संचालन भैरहेका छन् ।यसले खेलाडीलाई आफ्नो खेल प्रस्तुत गर्ने तथा स्थानीय कलाकारहरुले आफ्नो कला प्रदर्शन गर्ने मौका पाएका छन् ।

    सङ्गै स्टलमा राखिएका विभिन्न कृषि सामाग्री, कृषि उत्पादन र विभिन्न उद्यम समूहले राखेका स्टलहरुमा उत्पादित सामाग्री विक्रीवितरण भैरहेका छन् ।यसले मेला महोत्सवमा स्थानीय सामाग्री विक्री गर्ने थलोको रुपमा विकास गरेको छ।

    उत्पादन सङ्ग जोडिदै सामुदायिक वन वि.स. २०६० सालमा स्थापना भएको देवदह -९ घोडाहा स्थित बुद्दनगर सामुदायिक वनले विगत १२ वर्षदेखि फर्निचरका सामाग्रीहरु उत्पादन गर्दै आएको छ। सामुदायिक वनले संचालन गरेको फर्निचर उद्योगमा दराज, लोबेड, अफिस, टेबल, कुर्सी, डाइनिङ, किचन टेबलहरु उत्पादन गर्दै आएको छ।

    सामुदायिक वनद्वारा संचालित फर्निचर उद्योगमा हाल ५ जनाले रोजगारी पाएका छन् भने उत्पादन भएका सामाग्री उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउदै आएको बुद्दनगर सामुदायिक वनका अध्यक्ष चेतमान श्रेष्ठ बताउनुहुन्छ।

    अध्यक्ष श्रेष्ठका अनुसार उपभोक्ताहरुलाई चाहिने ३ सय रुपैयाँदेखि लिएर ५० हजार सम्मका फर्निचर, फर्निसिङका सामाग्री अर्डर अनुसार तयार गरि उत्पादन र बिक्रीवितरण गरिरहेको बताउनुभयो।

    हाल महोत्सवमा सामुदायिक वनले उत्पादन गरेका सामाग्री बिक्री प्रयोजनका लागि राखिएको र धेरै ग्राहकले फर्निचरका सामाग्री रुचाएको र महोत्सवको माध्यमबाट फर्निचरका सामग्रीबारे जानकारी दिन सजिलो भएको अध्यक्ष श्रेष्ठको भनाई छ।

    त्यस्तै रुपन्देहीको देवदह -६ मा कार्यालय रहेको शिवालय सामुदायिक वनले पनि विगतका केहि वर्ष देखीनै देवदहमा लाग्ने मेलामा अचानो विक्री गर्दै आएको छ।

    यस वर्ष बिक्रीका लागी राखिएको मध्य ५० प्रतिशत अचानो विक्री भैसकेको शिवालय सामुदायिक वनका अध्यक्ष रामचन्द्र उपाध्यायले बताउनुभयो। "हामीले प्रदर्शनीमा १ सयदेखि १५ सय मूल्य बराबरका अचानो बिक्रीका लागि राखेका थियौं, जसमध्ये ५० प्रतिशत अचानो बिक्रि भएको छ, हामी सन्तुष्ट छौं" अध्यक्ष उपाध्यायको भनाई छ।

    शिवालय सामुदायिक वनले आफ्नो वन क्षेत्रको खेतीयोग्य जमिनमा वेसार खेती समेत गर्दै आएको छ। सहकारी संस्था सङ्गको समन्वयमा वेसार खेती सङ्गै जैविक विविधता पार्क मार्फत पर्यटकीय क्षेत्रको रुपमा अगाडी बढ्ने योजना समेत बनाएको छ।

    देवदहमै रहेका अन्य सामुदायिक वनले भने पर्यटन प्रबर्द्धनक लागि काम गरिरहेका छन् ।बुद्द सामुदायिक वनले बुद्द पार्क संचालनमा ल्याएको छ।त्यस्तै स्मृति सामुदायिक वनले स्मृति वनवाटिका, प्रगति सामुदायिक वन, जनप्रीय सामुदायिक वन, रोहिणी सामुदायिक वन, मिलन सामुदायिक वन, सृजना सामुदायिक वन लगायतका सामुदायिक वनहरुले उपभोक्ता लक्ष्यित कामहरु गर्दै आएका छन् ।

    वर्षमा एकपटक लाग्ने यस्ता खालका मेला महोत्सवको समुदायमा सकारात्मक तथा नकारात्मक चर्चा चल्ने गर्दछ।कतिपयले पालिका पिच्छे हुने यस्ता मेला महोत्सवको कुनै औचित्य छैन पनि भन्ने गर्दछ्न।

    वर्षको एकपटक लाग्ने यस्ता खालका मेला महोत्सवका नकारात्मक पक्षलाई पाखा लगाउदै सकारात्मक कुरालाई मनन गर्दै अगाडी बढ्न जरुरी छ। मेला महोत्सवले स्थानीय उत्पादनको प्रबर्द्धन, प्रोत्साहन र बजारीकरण गर्न सहयोग पुर्याउछ।महोत्सवलाई पैसा कमाउने थलोको रुपमा मात्र नहेरी व्यवस्थापकीय पाटोलाई समेत मजबुत बनाउदै अगाडी बढ्नु जरुरी छ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij