मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

थाइल्याण्डदेखि आएका ३५ धम्मयात्रीलाई देवदहमा स्वागत

थाइल्याण्डदेखि आएका ३५ धम्मयात्रीलाई देवदहमा स्वागत

images
  • 660
    SHARES

  • images
    images
    images
    थाइल्याण्डदेखि आएका ३५ धम्मयात्रीलाई देवदहमा स्वागत
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । थाइल्याण्डदेखि आएका धम्मयात्रीलाई गौतम बुद्दको मावली स्थल देवदहमा स्वागत गरिएको छ।धम्मयात्राको क्रममा काठमाडौदेखी पोखरा, स्याङ्जा, पाल्पाको माथागढी गाउँपालिका हुँदै देवदह आइपुगेका धम्मयात्रीलाई देवदह-७ स्थित यसोधारा बिहारमा स्वागत गरिएको हो।

    ४ सय ३६ किलोमीटर पैदल यात्रा तय गरि देवदह आएका धम्मयात्री भिक्षुहरु एक दिन देवदहमा बसेर फागुन १ गते रामग्राम जाने कार्यक्रम रहेको छ । बुधबार धम्मयात्रीलाई देवदहवासीको तर्फबाट भोजनदान गराइएको र देवदहका पर्यटकीय स्थल भवनीपुर, पाकडी वृक्ष, बैरीमाई, कन्यामाई अवलकोन गराइएको बिहारका सचीव तिल बिक्रम बुढाथोकीले जानकारी दिनुभयो ।

    images
    images
    images

    धम्मयात्राले यहाँको प्राचीन ऐतिहासिकतालाई उजागर गर्न मद्धत पुग्ने र ‘मातृशक्तीको आधार देवदहलाई विश्व सामु चिनाउन पनि धम्म यात्रा महत्त्वपूर्ण सावित हुने भएकोले यात्रालाई सवै मिलेर गन्तव्य स्थल सम्म पुर्‍याउन सहयोग गर्न आग्रह गर्नुभयो।

    पाल्पाको माथागढीबाट देवदह -६ को गौतम बुद्द पार्क, खैरेनीचोक हुँदै शितलानगर यशोधारा भिक्षुणी बिहारमा पुगेका धम्मयात्रीलाई देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङ, नगर प्रबक्ता गणेश डुम्रे, वडा नम्बर -७ का वडा अध्यक्ष कृष्ण अधिकारी, संरक्षण समितिका पदाधिकारी, आमा समूह, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा स्वागत गरिएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij