सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सगरमाथामा कविता रचना एवं वाचन प्रतियोगिता : न्यु होराइजन प्रथम

सगरमाथामा कविता रचना एवं वाचन प्रतियोगिता : न्यु होराइजन प्रथम

images
  • 432
    SHARES

  • images
    images
    images
    सगरमाथामा कविता रचना एवं वाचन प्रतियोगिता : न्यु होराइजन प्रथम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह -७ मा अवस्थित सगरमाथा आवासीय माविमा जिल्ला स्तरीय कविता रचना एवं वाचन कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको ३१ औं वार्षिकोत्सबको अवसरमा आयोजित प्रतियोगितामा न्यु होराइजन माविले प्रथम, एभरेस्ट इङलिस बोर्डिङ स्कुलले द्वितीय, ग्रीन प्लान्ट आवासीय माविले तृतीय र श्री गिर्भाण सेकेन्डरी स्कुलले सान्त्वना स्थान हासिल गरेका छन् ।

    प्रथम हुन सफल न्यु होराइजनले नगद १० हजार शिल्ड र प्रमाणपत्र, द्वितीय भएको एभरेस्ट बोर्डिङले नगद ७ हजार शिल्ड र प्रमाणपत्र, तृतीय भएको ग्रीन प्लान्टले नगद ५ हजार शिल्ड र प्रमाणपत्र तथा सान्त्वना भएको गिर्भाण सेकेन्डरी स्कुलले नगद ३ हजार र प्रमाणपत्र प्राप्त गरेको विद्यालयले जनाएको छ।

    images
    images
    images

    कविता प्रतियोगिताको निर्णायकको भूमिकामा त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर हिरण्यलाल ज्ञवाली र बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक डाक्टर सालिग्राम पौडेल रहनुभएको थियो। कविता रचना तथा वाचन प्रतियोगितामा रुपन्देहीका १५ वटा विद्यालयको सहभागीता रहेको थियो।

    कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका संस्थापक प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले वार्षिकोत्सबको अवसरमा नगर स्तरीय छात्रा भलिबल प्रतियोगिता सम्पन्न गरेको र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागी विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गरिएको जानकारी दिनुभयो। त्यस्तै अभिभावक शिक्षक खेलकुद प्रतियोगिता, बृहत् निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको जानकारी दिनुभयो।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनी को अध्यक्षता, वरिष्ठ गजलविद डाक्टर घनश्याम न्यौपाने परिश्रमीको प्रमुख आतिथ्यता सह प्राचार्य लेखनाथ काफ्ले र सगरमाथा बाल क्लबका अध्यक्ष प्रशंसा अधिकारीको स्वागत र विद्यालयका शिक्षक प्रदिप अधिकारीको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, फाल्गुण २ २०८१०५:३४:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij