मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह बुद्द पब्लिकमा खाना महोत्सव, अभिभावक खेलकुद र स्वास्थ्य शिविर

देवदह बुद्द पब्लिकमा खाना महोत्सव, अभिभावक खेलकुद र स्वास्थ्य शिविर

images
  • 442
    SHARES

  • images
    images
    images
    देवदह बुद्द पब्लिकमा खाना महोत्सव, अभिभावक खेलकुद र स्वास्थ्य शिविर
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -५ मा अवस्थित देवदह बुद्द पब्लिक आवासीय माविले विद्यालयको २३ औं वार्षिकोत्सब कार्यक्रम अन्तर्गत शनिबार खाना महोत्सव, अभिभावक खेलकुद र स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

    वार्षिकोत्सबको अवसरमा आयोजित अतिरिक्त क्रियाकलापको देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा सुरुवात गरिएको थियो। अतिरिक्त क्रियाकलाप अन्तर्गत खाना महोत्सव, अभिभावक खेलकुद अन्तर्गत खेलकुद, स्वास्थ्य शिविर, म्युजिकल चेयर,घैटो फोड, खाना महोत्सव लगायतका कार्यक्रम रहेको छ।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदह नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको बताउनुभयो । उपप्रमुख गुरुङले व्यवहारिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालयमा लगानीअनुसारको प्रतिफल नआएको बताउनुभयो । उहाँले निजी क्षेत्रको योगदानलाई प्रशंसा गर्दै सामुदायिक र संस्थागत विद्यालयलाई समान दृष्टिकोणले हेर्ने नीति अपनाइएको जानकारी दिनुभयो । नगरपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि सबै पक्षसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाले बताउनुभयो ।

    कार्यक्रममा विद्यार्थीहरूले विभिन्न खानाका परिकार तयार गरी प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले उक्त परिकारको बिक्रीसमेत गरी व्यावसायिक सीप प्रदर्शन गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूको सिर्जनशीलता र उद्यमशीलता प्रोत्साहित गरिएको थियो । त्यसैगरी अभिभावक खेलकुद प्रतियोगिता अन्तर्गत भएको शिक्षक र अभिभावक वीच भएको भलिवल प्रतियोगितामा अभिभावक विजयी भएको अभिभावक खेलकुद कार्यक्रमका संयोजक विराट भुसालले जनाकारी दिनुभयो ।

    विद्यालयका शिक्षक र अभिभावक वीच भएको फाईनल खेलमा शिक्षकको टिमलाई सोझो सेटमा हराउदै अभिभावकको टिम विजयी भएको हो । यसैगरी महिला अभिभावकहरु वीच कुर्ची दौड प्रतियोगिता सम्पन्न भएको विद्यालयले जनाएको छ। यसैगरी बार्षिकोत्सवको अवसरमा विजय डेन्टलको प्राविकि सहयोगमा स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । स्वास्थ्य शिविरमा दात तथा आखाको परिक्षण गरिएको थियो ।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद ढुंगानाको स्वागत र शिक्षक ढुण्डीराज मरासिनीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij