मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह बुद्द पब्लिकमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता : सेभेन स्टार प्रथम

देवदह बुद्द पब्लिकमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता : सेभेन स्टार प्रथम

images
  • 975
    SHARES

  • images
    images
    images
    देवदह बुद्द पब्लिकमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता : सेभेन स्टार प्रथम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह बुद्द पब्लिक आवासीय माविमा आइतबार भएको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सेभेन स्टार बोर्डिङ स्कुल देवदहले प्रथम स्थान हासिल गरेको छ।विद्यालयको २३ औं वार्षिकोत्सबको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा सेभेन स्टार बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय मावी द्वितीय र कान्ति माविले तृतीय र न्यु होराइजनले सान्त्वना स्थान हासिल गरेका छन् ।

    प्रथम भएको सेभेन स्टारले नगद १० हजार, शिल्ड र प्रमाणपत्र, द्वितीय भएको ग्रीन प्लान्टले ७ हजार पाँच सय, शिल्ड र प्रमाणपत्र, तृतीय भएको कान्ति माविले नगद ५ हजार, शिल्ड र प्रमाणपत्र तथा सान्त्वना भएको होराइजनले नगद २ हजार पाँच सय शिल्ड र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्।रुपन्देहीका १८ विद्यालय सहभागी प्रतियोगितामा ६ वटा विद्यालयले छनोट चरण पार गरि फाइनल चरणका लागी प्रतिस्पर्धा गराइएको थियो।

    images
    images
    images

    हाजीरीजवाफ प्रतियोगिताको उद्घाटन सत्रमा मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले शिक्षालाई प्राविधिक धारसङ्ग जोडेर अगाडी बढ्नुपर्ने बताउनुभयो। पछिल्लो समय विद्यालय अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिएको र संस्थागत शैक्षिक संस्थाहरुसङ्ग पनि सहकार्य गरेर नगरपालिका अगाडी बढ्न तयार रहेको धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय किशन अधिकारीको अध्यक्षता र शिक्षक ढुण्डिराज मरासिनीको संचालनमा सम्पन्न भएको थियो। हाजिरी जवाफ प्रतियोगिता विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारीको संचालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij