मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह बुद्द पब्लिकको २३ औं वार्षिकोत्सब सम्पन्न

देवदह बुद्द पब्लिकको २३ औं वार्षिकोत्सब सम्पन्न

images
  • 329
    SHARES

  • images
    images
    images
    देवदह बुद्द पब्लिकको २३ औं वार्षिकोत्सब सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। देवदहलाई शिक्षाको हवको रुपमा विकास गर्ने गरी नगरपालिका लागिरहेको नगर प्रमुख धु्रवप्रसाद खरेलले बताउनु भएको छ । देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयको २३ औं बार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले आर्थिक अभावका कारण कुनैपनि वालवालिका शिक्षाबाट बन्चित हुन नहुनेमा जोड दिनु भयो । 

    उहाँले सामुदायिक तथा संस्थागत विद्यालयले प्रदान गर्ने छात्रवृत्ति सम्बन्धित वालवालिकाले पाउनु पर्नेमा जोड दिनु भयो । नगर प्रमुख खरेलले विद्यालयमा ३ जना भर्ना गरेको नाममा एक जनालाई छात्रवृत्ति दिने प्रवृति अन्त्य गर्नुपर्ने बताउदै छात्रवृत्ति कार्यक्रम लक्षित बर्गमा पुग्नु पर्ने बताउनु भयो । सामुदायिक तथा संस्थागत विद्यालयले शिक्षा नीति र विधि भित्र रहेर छात्रवृत्ति प्रदान गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले प्राविधिक शिक्षाले मात्र रोजगार सृजना गर्ने हुदा व्यवसायीक र व्यवहारिक शिक्षालाई जोड दिनु पर्ने बताउनु भयो । नगर प्रमुख खरेलले शिक्षाको विकासमा नीजि विद्यालयको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । 

    images
    images
    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको थियो । यसैगरी विद्यालयको २३ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट जिपिए सहित उतिर्ण हुन सफल भएका विद्यार्थीहरुलाई नगद सहित गोल्डमेडलबाट सम्मान गरिएको थियो ।

    यसैगरी बार्षिकोत्सवको अवसरमा उत्कृष्ट शिक्षक, कर्मचारीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नाटक प्रदर्शन समेत प्रदान गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष हरीप्रसाद ढुंगानाको स्वागत, शिक्षक अनन्तराम भण्डारी र कविता न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij