लुम्बिनी पाना, देवदह । श्रीवैष्णव परिषद् युएईले देवदह १० स्थित कामधेनु गौशालालाई आर्थिक सहयोग गरेको छ । सोमबार श्रीवैष्णव परिषद् युएईका प्रमुख सल्लाहकार तोयानाथ लम्सालले नगद ५० हजार ५ सय रुपैयाँ गौसलाका अध्यक्ष योगी सोमराजजी महाराजलाई हस्तान्तरण गर्नु भएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य समेत रहनु भएका लम्सालले उक्त कार्यक्रममा विदेशमा बसेर नेपाली भुमिमा धर्म संस्कृति संरक्षण गर्नु पाउनु गर्वको कुरा भएको बताउँदै आगामी दिनमा सहयोगलाई निरन्तरता दिईने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
उक्त सहयोग कार्यक्रममालाई परिषद्की उपाध्यक्ष अन्जली भट्टराई, महासचिव श्री प्रदिप दाहाल, सचीव श्री गणेश जोशी लगाएत परिषद्का सदस्यहरु कामधेनु गौशाला प्रति सहयोगी हुनु भएकोमा गौशालाका अध्यक्ष सोमराजजी महाराजले धन्यवाद ज्ञापन गर्नु भयो ।
गत ५ जनवरीका दिन परिषद् युएईका अध्यक्ष श्री मणि राम खतिवडाको अध्यक्षतामा आयोजना भएको एक दिवसीय श्रीमद्भागवत सार सारांश कथा सत्सङ्गमा अनन्तः श्रीविभूषित आचार्य श्री १ हजार ८ चक्रपाणी स्वामिजी महाराजले कथा वाचन गर्नु भएको थियो भने सोही दिन सहयोगी दाताहरुको सहयोगबाट उठेको ५ लाख बराबरको सहयोग विभिन्न धार्मिक क्षेत्र वृद्ध आश्रम, गौसाला साथै गुरुकुलहरुमा सहयोग गर्ने प्रतिवद्धता बमोजिम उक्त सहयोग गरिएको हो ।
नेपालमा गरिने सहयोग परिषद् युएईका उपाध्यक्ष सम्पत कुमार न्यौपाने र परिषद् युएईका सदस्य जे. सागरको समन्वयमा हुने उक्त कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा गौरक्ष पुरुषोत्तम पाण्डे, विश्व हिन्दु महासंघ देवदह अध्यक्ष गणेश प्रसाद आचार्य, राप्रपा नेता बसन्त न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij