मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गीती नाटक प्रतियोगिताको उपाधी देवदह मावी बाल क्लबलाई

गीती नाटक प्रतियोगिताको उपाधी देवदह मावी बाल क्लबलाई

images
  • 877
    SHARES

  • images
    images
    images
    गीती नाटक प्रतियोगिताको उपाधी देवदह मावी बाल क्लबलाई
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा आयोजित गिती नाटक प्रतियोगिताको उपाधी देवदह मावि बाल क्लबले हात पारेको छ।देवदह नगरपालिकाको आयोजना र देवदह नगरपालिका वडा नम्बर ७ को टोल विकास संस्था र आमा समूहको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा अन्य १५ प्रतिस्पर्धीलाई पछि पार्दै १४९ अंका साथ देवदह मावि बाल क्लबले उपाधी कब्जा गरेको हो।

    त्यस्तै १४५.५ अंकका साथ उज्यालो बाल क्लब द्वितीय र १४५ अंकका साथ बुद्द बाल क्लबले तृतीय स्थान हासिल गरेको हो।प्रथम भएको देवदह मावी बाल क्लब, द्वितीय भएको उज्यालो बाल क्लबले र तृतीय भएको बुद्द बाल क्लबले मेडल र प्रमाणपत्र प्राप्त गरे भने सहभागी अन्य प्रतियोगिले सहभागीताको प्रमाणपत्र प्राप्त गरेको वडा सदस्य सुरज खरेलले जानकारी दिनुभयो।

    images
    images
    images

    कार्यक्रममा विजेता समूहलाई पुरस्कार वितरण गर्दै देवदह नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदहलाई २०८२ फागुन मसान्त भित्र बाल मैत्री वडा बनाउनेगरी नगरपालिकाले तयारी गरेको र वडाहरुले अत्यन्तै सक्रियताका साथ अभियान संचालन गरिरहेको बताउनुभयो।

    उहाँले गीति नाटक प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने मौका प्राप्त भएको र नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएर नतिजा सुधारका लागि कार्ययोजना बनाएर काम गरिरहेको उल्लेख गर्नुभयो।

    प्रतियोगिताको निर्णायकको रुपमा देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जयकिशन अधिकारी र देवदह नगरपालिका शिक्षा शाखा अधिकृत पर्शुराम ढकालले निर्वाह गर्नुभएको थियो।

    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बालमैत्री वडा निर्माण गर्नका लागी चाहिने ५१ वटा सूचक मध्य शतप्रतिशत सूचक पूरा भईसकेको र २०८१ को चैत्र मसान्त भित्र देवदह-७ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी भैरहेको बताउनुभयो।

    बालमैत्री कार्यक्रम अन्तर्गत फागुन १८ गते सचेतनामूलक र्यालीको आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। र्याली मदन आश्रीत सभाहलबाट सुरु भएर शितलनगर चोक, हिले टोल, लक्ष्मी नगर, पिपलडाडा, कोलिय मार्ग, तल्लो खैरेनी केशब मार्ग हुँदै सुनकौडा, कन्यामाई, शान्तिनगर मदनग्राम चोकबाट देवदह मावि पुगेर समापन हुने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। कार्यक्रम बालमैत्री वडा सहजकर्ता बबिता भट्टराईको संचालनमा सम्पन्न भएजो थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij