बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा महिला शिक्षक हाजिरी जवाफ प्रतियोगिता: खड्ग मावि प्रथम

देवदहमा महिला शिक्षक हाजिरी जवाफ प्रतियोगिता: खड्ग मावि प्रथम

images
  • 2.7K
    SHARES

  • images
    images
    images
    देवदहमा महिला शिक्षक हाजिरी जवाफ प्रतियोगिता: खड्ग मावि प्रथम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदहमा अन्तरविद्यालय महिला शिक्षक हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको छ। देवदह नगरपालिकाको आयोजनामा ११५ औं अन्तरास्ट्रिय महिला दिवसको अवसरमा अन्तरविद्यालय महिला शिक्षक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो।

    देवदह नगरपालिकाका सामुदायिक र संस्थागत गरि ३२ वटा विद्यालय सहभागी भएको प्रतियोगितामा खड्ग माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। प्रथम स्थान हासिल गरेको खड्ग माध्यमिक विद्यालयले नगद २० हजार, शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ।

    images
    images
    images

    त्यस्तै प्रतियोगितामा शान्तिप्रीय आधारभूत विद्यालयले द्वितीय स्थान हासिल गरेको छ।द्वितीय भएको शान्तिप्रीयले नगद १५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।त्यस्तै तृतीय स्थान हासिल गरेको युगज्योती माविले नगद १० हजार शिल्ड र मेडल प्राप्त गरेको छ। प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेको सरस्वती आविले ५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ।

    कार्यक्रमको पुरस्कार वितरण समारोहमा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले महिलाहरु अब देश हाक्न सक्षम भएको भन्दै अब पनि नारी पुरुष भनेर भेदभाव गर्न नहुने उद्घोष गर्नुभयो। कार्यवाहक नगर प्रमुख गुरुङले महिलाको नेतृत्व विकासका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

    त्यस्तै कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले समान र समानुपातिक ढङ्गले पालिकाले काम गरिरहेको बताउनुभयो।

    कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मोहन बहादुर जिसी, नव प्रभात सहकारी संस्थाका अध्यक्ष निर्मला अधिकारी, युगज्योती माविका शिक्षक शिला मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रम देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता, उपप्रमुख सङ्ग महिला कार्यक्रमका सदस्य कृष्ण माया रानाको स्वागत र देवदह नगरपालिकाका कर्मचारी इन्दिरा भुसालको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij