लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह नगरपालिकामा आधारभूत तह उतिर्ण कक्षा ५ र ८ को वार्षिक परिक्षा सुरु भएको छ।आइतबारदेखी देवदहका ६ वटा केन्द्रहरुमा परिक्षा सुरु भएको हो।
देवदहमा रहेका ३१ वटा सामुदायिक र संस्थागत गरि जम्मा १४८६ जना विद्यार्थी कक्षा ८ को परिक्षामा सहभागी भएको देवदह नगरपालिकाका शिक्षा शाखा अधिकृत पर्शुराम ढकालले जानकारी दिनुभयो।जसमा छात्रा ७४४ र छात्र ७४२ जना रहेका छन् ।त्यस्तै कक्षा ५ को परिक्षामा ६८५ जना छात्रा र ७९५ जना छात्र गरि १४८० विद्यार्थी सहभागी रहेका छन् ।
कक्षा ८ को परिक्षाका लागी ६ वटा परिक्षा केन्द्र बनाइएको छ। जस अन्तर्गत न्यू नमूना इङलिस बोर्डिङ स्कुल, केरवानी माध्यमिक विद्यालय, देवदह बुद्द पब्लिक इङलिस बोर्डिङ स्कुल, युगज्योती मावी, भबिस्य निर्माण मावी प्रगति मावी सिक्टहन रहेका छन् ।
केन्द्राध्यक्षलाई पालिकाको सर्कुलर
यसैबीच पालिकाले सम्बन्धित पालिकाका केन्द्राध्यक्षहरुलाई १६ बुदे सर्कुलर जारी गरेको छ।
सर्कुलरमा प्रश्नपत्र सोही दिनको भएको नभएको रुजु गर्न, परिक्षा सुरु हुनु भन्दा १५ मिनेट अगाडी खोल्न, प्रश्नपत्रको फोटो खिच्न निषेध गरिएको, निरीक्षकले अनिवार्य रुपमा विद्यालयको पोषाक र परिचयपत्र लगाउनुपर्ने, निरीक्षकको मोबाइल परीक्षा अवधिभर स्विच अफ गर्न, हुल बाधेर अनुगमन गर्न र विद्यार्थीलाई असर पर्ने गरि फोटो खिच्न निशेध गरिएको देवदह नगरपालिकाले जनाएको छ।
परिक्षा चैत ५ गते सम्म संचालन हुने र फागुन २९ गतेदेखिनै पालिकामा विशेष सुरक्षा र व्यवस्थापनका साथ उत्तर पुस्तिका जाँच सुरु हुने नगरपालिकाले जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij