मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

जनप्रीय माविको विद्यालय सामाजिक परिक्षण सार्वजनिक

जनप्रीय माविको विद्यालय सामाजिक परिक्षण सार्वजनिक

images
  • 575
    SHARES

  • images
    images
    images
    जनप्रीय माविको विद्यालय सामाजिक परिक्षण सार्वजनिक
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।देवदह १० भालुहीमा अवस्थित जनप्रिय माध्यमिक विद्यालयमा सामाजिक परीक्षणको नतिजा सार्वजनिक गरिएको छ। विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी विद्यालय प्रांगणमा शिक्षक, अभिभावक, विद्धार्थी, पत्रकार र सरोकारवालाको उपस्थिथिमा सामाजिक परीक्षण सार्वजनिक गरेको हो ।

    सो अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर लामिछानेले समाजिक परीक्षण विद्यार्थीहरूको शैक्षिक उन्नति र आत्ममूल्याङ्कनका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई थप मेहनत गरी शैक्षिक क्षेत्रमा राम्रो स्थान हासिल गर्न प्रेरित गर्नुभयो। उहाँले विद्यालयका शिक्षकहरूको कडी मेहनतको कदर गर्दै, विद्यार्थीहरूलाई सिकाइका नयाँ अवसरहरू प्रदान गर्न विद्यालयका प्रयासलाई उच्चतम कदर व्यक्त गर्नुभयो।

    images
    images
    images

    त्यस्तै देवदह नगरपालिकाका एम आई एस अपरेटर सागर भट्टराईले विद्यालयले सामाजिक परीक्षण सार्वजनिक गर्ने जुन आट गर्यो त्यो प्रशंसनीय रहेको बताउनुभयो । उहाले शैक्षिक क्षेत्रको सुधारमा नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले विद्यालयका गतिविधिहरूमा नगरपालिकाले पनि आफूलाई सधैं सहभागी बनाउने र शिक्षा प्रणालीको सुधारका लागि आवश्यक सहयोग पुर्‍याउने बताउनुभयो।

    विद्यालयमा सुशासन कार्य गर्न, सरोकारवालाको विद्यालय प्रति अपनत्वको विकास गर्न, विद्यालय शासनका उत्तरदायित्व अभिवृद्धि गर्न, विद्यालयको समग्र गतिविधिको समिक्षात्मक लेखा जोखा गर्न र विद्यालयको भावि कार्यदिशा पहिचान गर्नका लागि सामाजिक लेखा परिक्षण गरिएको विद्यालयका प्राचार्य गायत्री प्रसाद खरेलले जानकारी दिनुभयो। आगामी दिनमा विद्यालयलाई अगाडी बढाउनको लागि सल्लाह सुझावहरु आएको र त्यसलाई विद्यालयले सुझाब सल्लाहलाई पालन गरेर कार्यान्वयन गर्ने प्राचार्य खरेलको भनाई थियो।

    विद्यालयका लेखा प्रमुख श्याम थापाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को सामाजिक लेखा परिक्षण अन्तर्गत कुल १ करोड ८४ लाख ९५ हजार ८१३ रुपैयाँ ९३ पैसा बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

    कार्यक्रम सामाजिक लेखा परिक्षण संयोजक कमल न्यौपानेको अध्यक्षता, विद्यालयका प्राचार्य गायत्री प्रसाद खरेलको स्वागत तथा लेखा प्रमुख श्याम थापाको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij