मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सिता माध्यमिक विद्यालयमा पोशाक वितरण

सिता माध्यमिक विद्यालयमा पोशाक वितरण

images
  • 733
    SHARES

  • images
    images
    images
    सिता माध्यमिक विद्यालयमा पोशाक वितरण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह स्थित सिता माध्यामिक विद्यालयमा पोशाक वितरण कार्यक्रम भएको छ । कार्यक्रममा अमेरिका सेवा समाज डल्लासका अध्यक्ष जगदिश प्रसाद न्यौपानेले समाजका कानुनी सल्लाहाकार स्व.कमल शर्माको स्मृतिमा ५ लाखको अक्षयकोष स्थापना गरिएको र यस्ता खाले सहयोगहरुलाई निरन्तरता दिईने प्रतिबद्धता ब्यक्त गर्दै अक्षयकोषको रकमको सही सदुपयोग हुनुपर्ने धारण ब्याक्त गर्नु भयो ।

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यक बहादुर सुनारको अध्यक्षतामा बुधवार भएको कार्यक्रममा विभिन्न अक्षयकोष दाताहरुले दान गरेको अ्रक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै देवदह १० का वडा अध्यक्ष समेत रहनु भएका सुनारले विद्यालयमा दिईएको दानलाई पारदर्शिता अपनाईने भन्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सवैले हातेमालो गर्न जरुरी रहेको बताउनु भयो ।

    images
    images
    images

    विद्यालयलाई २०६७ साल मंसीर ७ गते स्व.दशरथमुनी शाक्यको स्मृतिमा सुरेन्द्रमुनी शाक्यले १० हजार दिई अक्षयकोषको शुरुवात गर्नु भएको विद्यालयका पूर्व प्रधानाध्यापक महेश कुमार थैवले जानकारी दिनु भयो । थैवका अनुसार हाल सम्म हस्त बहादुर थापाले २ लाख १ हजार १ सय १ स्व. धन बहादुर बुर्तिबाङ्गेले १ लाख १० हजार १ सय ५१ रुपैयाँ प्रदान गर्नु भएको थियो ।सोही कार्यक्रममा डिवि. रायमाझीले. १० हजार,उमाकान्त अधिकारीले ११ हजार १ सय ११,मनकुमारी रानाले ११ हजार १ सय ११,दिपक पाण्डेयबाट १० हजार ५,कुमार परियारबाट १० हजार,पदम आलेबाट १० हजार,तारा परियार १० हजार ४ सय ५०,भगवती खनाल ५ हजार १ सय ५,सुनिता रसाइलीबाट ५ हजार ५ सय ५,मनिषा विक ५ हजार ५ सय ५,रम्बा राना १० हजार,सुमित्रा पोखरेल ५ हजार ५ सय ५, हेम बहादुर परियार ५ हजार,लक्ष्मी पौडेल १० हजार ५, शोभा कुमारी पराजुलीबाट १० हजार रुपैयाँ, प्रेम कुमारी खनालबाट ११ हजार रुपैयाँ गरि जम्मा एक लाख ४१ हजार ४५२ रुपैयाँ संकलन भएको विद्यालयका प्रधानाध्यापक उमाकान्त अधिकारीले जानकारी दिनु भयो।

    विद्यालयका प्रधानाध्यापक उमाकान्त अधिकारीको स्वागत तथा सहायक प्रधानाध्यापक पुरुषोत्तम ज्ञवालीको संचालनमा भएको कार्यक्रममा लुम्बिनी सेवा समाज अमेरिकाका कोषाध्यष दिपक भण्डारी, समाजका पूर्व सल्लाहाकार तथा नेपाल प्रतिनिधी दिपक प्रधान, शिक्षक अभिभावक संघका संयोजक कुमार परियार, जनप्रिय माविका अध्यक्ष अमर लामिछाने लगायतले मन्तब्य ब्याक्त गर्नु भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij