मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

युगज्योती माविको चमेना गृह शिलान्यास

युगज्योती माविको चमेना गृह शिलान्यास

images
  • 662
    SHARES

  • images
    images
    images
    युगज्योती माविको चमेना गृह शिलान्यास
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर -६ मा अवस्थित युगज्योती माध्यमिक विद्यालयको चमेना गृह शिलान्यास गरिएको छ।लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा सम्पन्न हुन लागेको भवनको बुधबार शिलान्यास गरिएको हो।

    चमेना गृहको शिलान्यास गर्दै लुम्बिनी प्रदेश सभा सदस्य जानकी देवि न्यौपानेले शिक्षामा गरिएको लगानी खेर नजाने प्रतिक्रिया दिनुभयो।विद्यालय ज्ञानको ज्योति हासिल गर्ने पहिलो पाठशाला भएकोले विद्यालयको चमेना गृह, कक्षा कोठाहरु व्यवस्थित भएमा सामुदायिक विद्यालयमा समेत विद्यार्थीको आकर्षण बढ्न सक्ने उहाँले धारणा व्यक्त गर्नुभयो।

    images
    images
    images

    लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित बजेट अन्तर्गत दिब्यम बिल्डर्स प्राइभेट लिमिटेडले २०८१ माघ २३ गते ११ लाख २६ हजार ३ सय ८४ रुपैयाँ ७८ पैसामा ठेक्का सम्झौता भएकोमा २०८२ बैशाख १५ सम्ममा क्यान्टिनको जग निर्माणकार्य गर्ने योजना सम्पन्न गर्ने सम्झौता भएको हो।चमेना गृह ३ तल्ले बनाउन लागिएको र बाकी रहेको काम अर्को वर्षको बजेटमा पूरा गरिने प्रधानाध्यापक यमलाल अर्यालले जानकारी दिनुभयो।

    शिलान्यास कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य डाक्टर कृष्ण न्यौपाने, देवदह नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खेम बहादुर थापा, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाललगायत विभिन्न संघ संस्थाका विशिस्ट व्यक्तिहरुको सहभागीता रहेको थियो।

    शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधिका अर्यालको अध्यक्षता र प्रधानाध्यापक यमलाल अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij