लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा कविता कन्सर्ट, श्रष्टा समान तथा अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले सरस्वती वस्यालको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा श्यामप्रसाद न्यौपाने, उपाध्यक्षमा शिवप्रसाद काप्ले, सचिवमा अनन्तराम भण्डारी, सहसचिवमा दलबहादुर विक, कोषाध्यक्षमा रीता पराजुली रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा जानुका लम्साल, भगवती शर्मा तिवारी, मधु भण्डारी, पुजा ढुंगाना, मिनप्रसाद भट्टराई चयन हुनु भएको संस्थाका संस्थापक अध्यक्ष निर्मल ढुंगानाले जानकारी दिनु भयो ।कार्यक्रममा कवि नवराज पराजुलीले कविता वाचन गर्नु भएको थियो । सोही अवसरमा नरेन्द्र अनुराग पुरस्कारबाट २०७९ बाट साहित्यकार सरस्वती तिमिल्सिेना र २०८० बाट साहित्यकार वनमाली निराकारलाई नगद सहित सम्मान गरिएको थियो ।
यसैगरी देवदहमा रहेर कविता सृजना गरी राष्ट्रिय रुपमा कविताबाटै पुरस्कृत हुनु भएका साहित्यकार यज्ञप्रसाद न्यौपानेलाई कविता रत्न सम्मान–२०८१ प्रदान गरिएको छ । त्यसैगरी मुकेश ज्ञवालीलाई अनुराग गौरव सम्मानबाट पुरस्कृत गरिएको छ । सञ्चारको क्षेत्रबाट संस्थाको प्रचार प्रसारमा महत्वपूर्ण योगदान पुर्याए बापत रेडियो देवदहका निमित्त स्टेशन म्यानेजर गोविन्द घर्ती र पत्रकार कमला अर्याललाई सम्मान गरिएको छ ।
यसैगरी कार्यसम्पादनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संस्थाका सचिव शिवप्रसाद काफ्ले र सदस्य रीता पराजुलीलाई सम्मान गरिएको छ । कार्यक्रममा देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, संस्थाका संस्थापक अध्यक्ष निर्मल ढुंगाना, निर्वाचित जनप्रतिनिधि, शिक्षक, समाजसेवी तथा साहित्यकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष यमलाल अर्यालको अध्यक्षता, देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यता, समाजका बरिष्ठ उपाध्यक्ष सरस्वती वस्यालको स्वागत र सचिव शिवप्रसाद का संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij