मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह बुद्द पब्लिक आवासीय माविमा अभिभावक प्रशिक्षण कार्यक्रम

देवदह बुद्द पब्लिक आवासीय माविमा अभिभावक प्रशिक्षण कार्यक्रम

images
  • 925
    SHARES

  • images
    images
    images
    देवदह बुद्द पब्लिक आवासीय माविमा अभिभावक प्रशिक्षण कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -५ अवस्थित देवदह बुद्द पब्लिक आवासीय माविमा एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।बिहिवार १ हजार बढी अभिभावकको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले विद्यालयको नतिजा सुधार र विद्यालयको शैक्षिक गुणस्तरका लागि नगरपालिकाले आवश्यक योजनाहरु बनाएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।२ प्रशिक्षक रवि किरण श्रेष्ठले अभिभावकहरुलाई असल अभिभावकको भूमिका बारे कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो । असल अभिभावक कसरी बन्ने र घरमा कसरी विद्यार्थीहरुलाई असल अभिभावकको भूमिका प्रदान गर्ने भन्ने विषयमा प्रशिक्षक श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले अनुशाशीत र असल विद्यार्थी उत्पादनका लागि विद्यार्थी, शिक्षक सङ्गै अभिभवकको पनि महत्वपूर्ण भूमिका हुने बताउनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय किशन अधिकारीको अध्यक्षता, शिक्षक ढुण्डिराज मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij