लुम्बिनी पाना, बुटवल । नेशनल प्याब्सन रुपन्देहीले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कर्याक्रम सम्पन्न भएको छ। नेशनल प्याब्सन रुपन्देहीले शनिबार एक कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेश्नल व्याब्सनका केन्द्रिय का बा माहसचिब कृष्ण प्रसाद पौडेलले अबका दिनमा नेश्नल प्याब्सन केन्द्रले विद्यालय केन्द्रित, शिक्षक केन्द्रित कार्यक्रम संचालन गर्दै विद्यालय र विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै जाने भनाइ राख्नु भयो।
कार्यक्रममा केन्द्रिय सदस्य जे बि क्षेत्री, संस्थाका प्रतिनिधि लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष तिलब केसीको अध्यक्षता र सचीव विनोद थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij