मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा परिचालन

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा परिचालन

images
  • 439
    SHARES

  • images
    images
    images
    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा परिचालन
    images
    images
    images

    लुम्बिनी पाना, भक्तपुर । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा परिचालन सामाजिक बैज्ञानिकका रूपमा परिचालन भएका छन् । कलेजका सिभिल इन्जिनियरिङ विभागका २० जना विद्यार्थीहरूलाई सामाजिक वैज्ञानिकको रूपमा छनोट गरिएकाे हाे ।उनीहरूले सरल उपकरण तथा मोबाइल प्रविधिको प्रयोगमार्फत वर्षा सम्बन्धी तथ्यांक अभाव रहेका क्षेत्रहरू र काठमाडौँ उपत्यका जस्ता अव्यवस्थित शहरी क्षेत्रहरूमा पानीको अध्ययन गर्नेछन् ।

    जल स्रोतको दिगो व्यवस्थापनमा युवाहरूको भूमिका सशक्त बनाउने उद्देश्यले स्मार्टफोन फर वाटर नेपालले कलेजमा जानकारीमूलक आउटरीच कार्यक्रम पनि गरेको छ । S4W-नेपालका प्रमुख कार्यकारी अधिकृत डा. सञ्जीव न्यौपानेले अभियानले दिर्घकालिन जलश्राेत व्यवस्थापनमा टेवा दिने बताए । ‘यो परियोजना केवल तथ्यांक सङ्कलन मात्र होइन, युवाहरूमार्फत स्थानीय स्तरमै क्षमता विकास गर्ने अभियान पनि हो । हाम्रो प्रयासले दीर्घकालीन जल स्रोत दिगोपनामा योगदान दिनेछ ।’ न्याैपानेले भने ।
    नेपाल इन्जिनियरिङ कलेजकै पूर्वविद्यार्थी समेत रहेका S4W-नेपालका प्रमुख कार्यकारी अधिकृत न्यौपानेको नेतृत्वमा आयोजित कार्यक्रममा परियोजनाको लक्ष्य, कार्यविधि र दीर्घकालीन प्रभावबारे जानकारी दिइएकाे थियाे ।
    कार्यक्रममा सिभिल इन्जिनियरिङ विभागका प्रमुख एसोसिएट प्रोफेसर रमेश खनालले बोल्दै भने, ‘हाम्रा आफ्नै पूर्वविद्यार्थी यस्ता सकारात्मक कार्यमा अगाडि देखिनु गर्वको विषय हो । यस्ता कार्यक्रममा सहभागी हुँदा विद्यार्थीहरूले व्यवहारिक ज्ञान प्राप्त गर्ने मौका पाउँछन्, जुन भविष्यमा उनीहरूको काममा उपयोगी हुन्छ ।’

    images
    images
    images

    छनोट गरिएका विद्यार्थी तथा सामाजिक वैज्ञानिकहरूलाई तथ्यांक संकलन विधिबारे अभिमुखीकरण गरिएको छ । S4W-नेपालले नागरिक वैज्ञानिकतालाई प्रोत्साहन गर्दै नेपालमा जल स्रोतसम्बन्धी अनुसन्धान र व्यवस्थापन प्रणालीमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा लिएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij