मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

ग्रिन प्लान्टआवासीय माविमा बाल क्लब र रेडक्रसको निर्वाचन

ग्रिन प्लान्टआवासीय माविमा बाल क्लब र रेडक्रसको निर्वाचन

images
  • 609
    SHARES

  • images
    images
    images
    ग्रिन प्लान्टआवासीय माविमा बाल क्लब र रेडक्रसको निर्वाचन
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह-०७ स्थित ग्रिन प्लान्ट आवासीय माविमा ग्रिन प्लान्ट युवा रेडक्रस र ग्रिन प्लान्ट बाल क्लबको निर्वाचन सम्पन्न भएको छ । शुक्रबार विद्यालयमा निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरिएको हो।

    जस अन्तर्गत युवा रेडक्रस तर्फ सञ्जोग थापाको नेतृत्वमा ग्रिन प्लान्ट रेड क्रसको नयाँ कार्यसमिति चयन गरिएको छ। जसको उपाध्यक्षमा रोजी चौधरी, सचिवमा सलिना चापागाइँ, सह-सचिवमा सुनामी गैरे, कोषाध्यक्षमा रोजन पाण्डे र १७ जना सदस्यसहित २२ सदस्यीय कार्यसमिति गठन भएको विद्यालयका प्राचार्य राजिव सापकोटाले जानकारी दिनुभयो । त्यस्तै शिक्षकद्वय देवेन्द्र यादव र समिन गैरेलाई शिक्षक नायकको रुपमा चयन गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    त्यसैगरी, प्रकृति न्यौपानेको अध्यक्षतामा २२ सदस्यीय ग्रिन प्लान्ट बाल क्लबको गठन भएको छ जसमा उपाध्यक्षमा प्रतीक के.सी, सचिवमा सुजल ढकाल, सह सचिवमा रोनिस पाण्डे, कोषाध्यक्षमा एन्जिला चौधरी र १७ सदस्य रहेका छन् जसमा शिक्षक प्रतिनिधि मधु सुवेदी र रिना अदै मगर रहेको विद्यालयले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij