बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

राजकुमार विकको उपचारको लागी मगर संसारको आर्थिक सहयोग

राजकुमार विकको उपचारको लागी मगर संसारको आर्थिक सहयोग

images
  • 973
    SHARES

  • images
    images
    images
    राजकुमार विकको उपचारको लागी मगर संसारको आर्थिक सहयोग
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह -९ घोडाहा निवासी राजकुमार विकको उपचारको लागि मगर संसार फोटो ग्यालरीले आर्थिक सहयोग गरेको छ।विगत लामो समयदेखि निमोनियले ग्रस्त विकलाई पछिल्लो समय फोक्सोमा समस्या देखिएको थियो।

    उनको उपचारको लागी झन्डै १० लाख रुपैयाँ खर्च लाग्ने भएपछि उपचारको लागि आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको थियो। मगर संसार फोटो ग्यालरीले संचालन गरेको अभियानमा देशविदेशबाट ७६०४१ रुपैयाँ संकलन भएको मगर संसार फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछानेले जानकारी दिए।

    images
    images
    images

    समाजसेवीहरु शोभा कुमारी थापा, किशन थापा, मिलन मास्की राना र एडमीनहरु जस्मिन मगर, अमिर मगर र सागर झेडी थापा को उपस्थितिमा संकलित रकम हस्तान्तरण गरिएको थियो।

    जन्मेको दुई महिनामै निमोनियाले च्यापेका उनी फोक्सोसम्बन्धी रोग, सुनाइमा समस्या र शारीरिक अशक्ततासमेत भोगिरहेका विकको उपचारका लागि हालसम्म विभिन्न अस्पतालमा पटक–पटक लगिएको छ। काठमाडौंस्थित अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा मात्र ९–१० पटक उपचार गरिएको थियो। २१ दिन त्यहीँ उपचार गरिएको थियो। साथै, मनमोहन कार्डियोथोरासिक अस्पतालमा १ महिना र कान्ति बाल अस्पतालमा समेत उपचार गराइएको थियो।

    राजकुमारलाई फोक्सोमा जमेको निमोनिया हटाउन दुईपटक अप्रेसन गर्नुपर्ने चिकित्सकको सुझाव छ। मनमोहन अस्पतालका अनुसार अप्रेसनको अनुमानित खर्च झण्डै १० लाख रुपैयाँ पर्नेछ। पहिलो चरणको उपचारका लागि ४ लाख ७० हजार रुपैयाँ संकलन भइसकेको छ भने हाल मात्रै थप ७६ हजार ४१ रुपैयाँ सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरिएको छ।

    राजकुमारका बाबु ४५ वर्षीय सम्मर बहादुर विक विगतमा रोजगारीको सिलसिलामा १० वर्ष कतार बसेर फर्किएका हुन्। छोराको उपचारका लागि उनीहरूले तीनवटा घडेरी समेत बेचिसकेका छन्। अहिले पनि आर्थिक अभावकै कारण उपचार अगाडि बढाउन समस्या भइरहेको सम्मरले बताए।

    राजकुमारका ४३ वर्षिय आमा झनिसरा विकले निमोनियाकै कारण २ छोरी गुमाएकी छिन। चार सन्तान मध्य एक छोरीको विवाह भैसकेको छ।हाल छोराको स्वास्थ अवस्था नाजुक छ। उनको उपचारका लागि अझै आर्थिक सहयोग आवश्यक रहेकोले सम्बन्धित निकाय, समाजसेवी तथा सहयोगी मनहरूप्रति आर्थिक सहयोग गरिदिन राजकुमारकी आमा झनिसराले आग्रह गरिन ।

    पहिलो चरणको अप्रेसनको लागि शुक्रबारनै काठमाडौ स्थित मनमोहन अस्पतालमा जाने तयारी भएको राजकुमारका बुवा सम्मरले जानकारी दिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij