सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेशनल प्याब्सन रुपन्देहीद्वारा नेपाली विषय शिक्षकका लागि शिक्षण सिकाई तालिम

नेशनल प्याब्सन रुपन्देहीद्वारा नेपाली विषय शिक्षकका लागि शिक्षण सिकाई तालिम

images
  • 536
    SHARES

  • images
    images
    images
    नेशनल प्याब्सन रुपन्देहीद्वारा नेपाली विषय शिक्षकका लागि शिक्षण सिकाई तालिम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल नेशनल प्याब्सन रुपन्देहीले आफु मातहतका विद्यालयहरुका नेपाली शिक्षकहरुकालागि एक दिने शिक्षण सिकाई तालिम दिएको छ । नेशनल प्याब्सन रुपन्देही अन्तरगतका विद्यालयहरुमा नेपाली विषय अध्यापन गराउने शिक्षकहरुका लागि शनिबार नेपाली विषय शिक्षक तालिम दिइएको हो।

    कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा ब्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख रमाकान्त तिवारीले शिक्षकहरुकालागि शिक्षण सिकाई निरन्तर हुनु पर्ने उल्लेख गर्दै समयसमयमा दिईने शिक्षण सिकाई तालिमले शैक्षिक गुणस्तरीयतामा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

    images
    images
    images

    कार्यक्रममा नेशनल प्याब्सन नेपालका केन्द्रीय कार्यबहाक महासचिव कृष्णप्रसाद पौडेलले संस्थागत विद्यालयहरुले ठुलो शैक्षिक जनशक्ति उत्पादनमा ठुलो योगदान दिएतापनि राज्यबाट हेरिने दृष्टिकोण अझै पनि सकारात्मक बन्न नसकेको भन्दै राज्यलाई निजी र सामुदायिक विद्यालयलाई एउटै नजरले हेर्नु पर्नेमा जोड दिनुभयो ।

    नेशनल प्याब्सन रुपन्देहीका कार्यबहाक अध्यक्ष राजेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य जेबी क्षेत्री, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, सहभागी शिक्षक सृजना जिसी, करिस्मा केसीलगायतले आआफ्ना भनाई राख्दै शिककहरुलाई पनि तालिम र सिकाई अभ्यास निरन्तर हुनु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा रुपन्देही जिल्लाभरी रहेका नेशनल प्याब्सन अन्तरगतका विद्यालयमा नेपाली विषय पढाउने ६७ जना शिक्षकहरुको सहभागिता रहेको सचिव विनोद थापा मगरले जानकारी दिनुभयो । स्वर्णीम पब्लिकेशनको सहयोगमा भएको कार्यक्रममा पब्लिकेशनका लेखक डिल्लीराम अर्याल र विक्रम पौडेलले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम जिल्ल सदस्य सौगात भट्टराईको स्वागत र सचिव बिनोद थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij