सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

साप्ताहिक कार्यक्रम अन्तर्गत देवदह इङलिस बोर्डिङ हाई स्कूलमा चित्रकला प्रतियोगिता

साप्ताहिक कार्यक्रम अन्तर्गत देवदह इङलिस बोर्डिङ हाई स्कूलमा चित्रकला प्रतियोगिता

images
  • 499
    SHARES

  • images
    images
    images
    साप्ताहिक कार्यक्रम अन्तर्गत देवदह इङलिस बोर्डिङ हाई स्कूलमा चित्रकला प्रतियोगिता
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह ०७, पिपलडाँडा , रुपन्देहीमा अवस्थित देवदह इङलिस बोर्डिङ हाई स्कूलमा साप्ताहिक रुपमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तरसदनात्मक चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो ।

    विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य र राष्ट्र स्तरमै हुने प्रतियोगितामा समेत सहभागी गराउने लक्ष्यका साथ सञ्चालन उक्त प्रतियोगितामा सब जुनियर, कक्षा १ देखि ४ सम्म सञ्चालन भएको प्रतियोगितामा क्रमश प्रथम प्रमिशा चापागाई रातो सदन, द्धितीय साइमन थापा हरियो सदन र रातो सदनका विद्यार्थी निकोल चापागाईले तृतीय स्थान हासिल गर्न सफल भएका थिए । 

    images
    images
    images

    त्यसैगरि (कक्षा ५–७ सम्म ) जुनियर तर्फ भएकोे प्रतियोगितामा प्रथम पहेलो सदनका अनुप परियार, द्धितीय हरियो सदनकी अवन्तिका क्षेत्री र निलो सदनकी अश्री देवकोटा तृतीय हुन सफल भएका थिए । एकैसाथ सञ्चालन भएको सिनियर तर्फ (कक्षा ८–१०) अन्तरसदनात्मक चित्रकला प्रतियोगितामा प्रथम रातो सदनकी सुदिक्षा श्रेष्ठ, द्धितीय पहेलो सदनका मनिष घर्ती र पहेलो सदनकै विद्यार्थी जिवन वस्यालले तृतीय स्थान हासिल गर्न सफल भएका थिए । 

    ६० जना विद्यार्थी सहभागी भएको प्रतियोगिताको सहजीकरण विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विशाल श्रेष्ठ गर्नुभएको जानकारी विद्यालयका शिक्षक माधब आचार्यले दिनुभयो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij