मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नमुना एभरग्रिनमा अन्तर सदनात्मक हाजिरिजवाफ प्रतियोगिता

नमुना एभरग्रिनमा अन्तर सदनात्मक हाजिरिजवाफ प्रतियोगिता

images
  • 612
    SHARES

  • images
    images
    images
    नमुना एभरग्रिनमा अन्तर सदनात्मक हाजिरिजवाफ प्रतियोगिता
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । नमुना एभरग्रिन इङ्गलिस बोर्डिङ्ग स्कुल देवदह –२ ढेकावरमा साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

     

    images
    images
    images

    IMG-20250530-WA0000.jpg

     

    कक्षा ४ देखि कक्षा ८ सम्मका विद्यार्थीको सहभागिता रहेको ऊक्त कार्यक्रममा प्रत्येक सदनबाट ३/३ जना गरी जम्मा १२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    ऊक्त कार्यक्रममा सामान्य चरण,द्रुत चरण, बहुबैकल्पिक चरण, श्रव्यदृश्य चरण, बजर चरण, हाम्रो पालिका गरी जम्मा ११० प्रश्न सोधिएको थियो । २१० अङ्कका साथ पहेंलो सदनको प्रतिनिधित्व गर्दै विद्यार्थी भाइबहिनीहरु अनुष चालिसे (कक्षा ८), सृष्टि शाही (कक्षा ८) र निसान गाहा (कक्षा ७) प्रथम, ११० अङ्कका साथ नीलो सदनको प्रतिनिधित्व गर्दै विद्यार्थी भाइबहिनीहरु सबिना सारु (कक्षा ८), शिभम आचार्य (कक्षा ६)र साहिरा गुरुङ (कक्षा ५) द्वितीय र ६५ अङ्कका साथ हरियो सदनको प्रतिनिधित्व गर्दै विद्यार्थी बहिनीहरु वृषिखा राई (कक्षा ८), पूजन गुरुङ (कक्षा ८) र चन्द्र राना (कक्षा ७) तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।

    कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक देवी प्रसाद पाण्डेको अध्यक्षता, शिक्षक राज कवरको सञ्चालन तथा विद्यालयका प्राचार्य कमल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij