लुम्बिनी पाना ।देवदह - ५ स्थित देवदह मदर टङ्स एकेडेमीमादेवदह मदर टङ्स एकेडेमीमा साइवर सुरक्षा सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
खैरेनी प्रहरी चौकीको साइवर सुरक्षा सम्बन्धि सचेतना अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रमको आठौं दिन जेठ १८ गते देवदह मदर टङ्स एकेडेमीमा साइवर सुरक्षा सम्बन्धि प्रशिक्षण सम्पन्न भएको हो।
कक्षा ८,९,१० का ९५ जना विद्यार्थीहरुलाई खैरेनी प्रहरी चौकी रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले साइवर सुरक्षा सम्बन्धि सचेतनामूलक प्रशिक्षण दिनुभएको थियो।
खैरेनी प्रहरी चौकीले अभियानलाई निरन्तर रुपमा अगाडी बढाइरहेको छ।अभियान देवदहका सबै विद्यालयमा पुर्याइने प्रहरी निरीक्षक नेपालीले जानकारी दिनुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij