बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

तिनाउ ३ मा 'गरिबको घर वडाको भर' अभियान : १२ वटा घर निर्माण गरि हस्तान्तरण

तिनाउ ३ मा 'गरिबको घर वडाको भर' अभियान : १२ वटा घर निर्माण गरि हस्तान्तरण

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    तिनाउ ३ मा 'गरिबको घर वडाको भर' अभियान : १२ वटा घर निर्माण गरि हस्तान्तरण
    images
    images
    images

    लुम्बिनी पाना, तिनाउ ।पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३ मा 'गरिबको घर वडाको भर' अभियान अन्तर्गत वडाले ६ वर्षको अवधीमा १२ वटा विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरेको छ।

    IMG-20250603-WA0009.jpg

    images
    images
    images

    समृद्द समाजको आधार सबैको लागि सुरक्षित आवास' तिनाउ गाउँपालिका वडा नम्बर ३ को 'गरिबको घर वडाको भर' कार्यक्रम अन्तर्गत निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो।

     

    IMG-20250603-WA0013.jpg

     

    तिनाउ वडा नम्बर -३ ले दलित, सीमान्तकृत र अतिविपन्न समुदायका लागि आवासीय घर तयार गरेर हस्तान्तरण गरेको हो । वडाका नागरिकहरु तिनाउ-३ श्रीडाडाका तिलविर गाहा, बेरुवाका तिलक सर्वुजा, भूतखोलाका रेशम पाइजा, वसन्तपुरका चन्द्र बहादुर रम्जाली र हरि पाण्डे, ज्यामिरेका रामकली विक, फुलमाया विक र भिम बहादुर सारु, फिरफिरेका हरि खाम्चा, धनबहादुर दर्लामी, गङ्गा देवि सुनार र टुक बहादुर दिशाको घर निर्माण गरि हस्तान्तरण गरिएको हो।

    तिनाउ गाउँपालिका वडा नम्बर -३ का अध्यक्ष चित्र बहादुर थापाका अनुसार 'गरिबको घर वडाको भर' अभियान अन्तर्गत २०७६/०७७ देखी घर निर्माण अभियान संचालन गरिएको र हाल सम्म १२ वटा आवासीय घर निर्माण गरि हस्तान्तरण गरिएको बताउनुभयो।

    वार्षिक रुपमा २ वटा विपन्नको घर निर्माण गर्ने योजना अनुरुप ४ लाख रुपैयाँ विनियोजन गरिएको र आव २०७६ देखि ७९ सम्म वडा अध्यक्ष प्रेम प्रसाद पाण्डेको कार्यकालमा ६ वटा र २०७९ को स्थानीय तहको निर्वाचन पश्चात् ३ वर्षमा ६ वटा गरि कुल १२ वटा घर हस्तान्तरण गरिसकिएको हो।

    प्रती घर २ लाख नगद, जनप्रतिनिधि र स्थानीयको श्रमदानमा २ कोठे आवासीय घर निर्माण गरि हस्तान्तरण गरिएको वडा सदस्य टंकनाथ बश्यालले जानकारी दिनुभयो।

    आर्थिक रुपमा कमजोर, घरविहीन तथा जोखिमपूर्ण घरमा बस्दै आएका परिवारलाई सुरक्षित र बस्नयोग्य आवास उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयले यो अभियान सञ्चालन गरेको हो। 

    घर हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष चित्र बहादुर थापा, कार्यपालिका सदस्य पम्फा थापा मगर, वडा सदस्य टंकनाथ बश्याल, किसान विश्वकर्मा, वडा सचिव तिलक जिसि र स्थानीयको सहभागीता रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij