लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह ०७, मा अवस्थित देवदह ईङलिस बोर्डिङ हाई स्कूलमा साप्ताहिक रुपमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत सुनौलो बाल क्लबद्धारा अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो ।
जसअन्तर्गत सव जुनियर ३ र ४ सम्म सञ्चालन भएको वक्तृत्वकला प्रतियोगितामा प्रथम – साइमन थापा ‘हरियो ’ सदन, द्वितीय – निर्जला रिजाल ‘रातो’ सदन र तृतीय – रोशनी भटराई ‘नीलो’ सदनबाट विजय हुन सफल भएका थिए ।
त्यसै गरि अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगितामा जुनियर तर्फ (कक्षा ५ देखि ७) प्रथम – जीवन बस्याल ‘रातो’सदन, द्वितीय – सृष्टि काफ्ले ‘पहेलो’ सदन र तृतीय – संस्कृति तिवारी ‘नीलो’ सदनले बिजय हासिल गर्न सफल भएका थिए । सियिनर तर्फ (कक्षा ८ देखि १०) प्रथम – एलिना गाहा ‘नीलो’ सदन, द्वितीय – लक्ष्मी तिवारी ‘रातो’सदन र तृतीय – मुना सापकोटा ‘रातो’ सदनकी दिया न्यौपाने विद्या हुन भएका थिए ।
सुनौलो वालक्लबका अध्यक्ष दिया न्यौपानेको अध्यक्षता, विद्यालयका का. प्राचार्य मन बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको निर्णायक भूमिका शिक्षक माधब भट्राई, यमकान्ति भट्राई र भगवती तिवारीले गर्नुभएको थियो भने सञ्चालन विद्यार्थी सिद्धार्थ वस्यालले गर्नुभएको जानकारी विद्यालयका लेखापाल माधब आचार्यले दिनुभएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij