सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

महामाया भवानी माविमा साप्ताहिक क्रियाकलाप अन्तर्गत विविध कार्यक्रम

महामाया भवानी माविमा साप्ताहिक क्रियाकलाप अन्तर्गत विविध कार्यक्रम

images
  • 834
    SHARES

  • images
    images
    images
    महामाया भवानी माविमा साप्ताहिक क्रियाकलाप अन्तर्गत विविध कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । महामाया भवानी माध्यमिक विद्यालयमा साप्ताहिक क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरु सप्पन्न भएका छन् । जस अन्तर्गत कक्षा नर्सरी देखि कक्षा ५ सम्म हस्तलेखन प्रतियोगिता र कक्षा ६ देखि १० सम्म हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा कक्षा नर्सरी तर्फ भएको हस्तलेखन प्रतियोगितामा मान्या चौधरी प्रथम, असिम बस्याल सार्की द्वितीय र सनैया मुसहर तृतीय भएका छन् । 

    त्यसैगरी के. जी तर्फ कृतिका मरासिनी प्रथम, आराध्या न्यौपाने द्वितीय र सिजुका बि. क ले तृतिय स्थान हासिल गरेका छन् । त्यसैगरी कक्षा १ तर्फ सान्बी राना प्रथम, सरस्वती भण्डारी र प्रसिद्व बस्याल द्वितीय र सुहाना मुसहरले तृतिय स्थान हासिल गरेका छन् । कक्षा २ तर्फ अनुस्का नेपाली प्रथम, राजन सिंह मगर द्वितीय , समीर गौतम, दियोग थारु तृतीय र कृति अधिकारीले सान्त्वना स्थान प्राप्त गरेका छन् । 

    images
    images
    images

    त्यसैगरी कक्षा ३ तर्फ आरुसी दुबे र सन्तोस बिक प्रथम , बुद्व थापा र रिया बिक द्वितीय, पबित्रा मुसहर र अनुप न्यौपाने तृतिय भएका छन् । त्यसैगरी कक्षा ४ तर्फ समीर थारु प्रथम , आचल कुमारी शाह द्वितीय, आकाश मुसहर, सागर महत र बिनिता मुसहरले तृतिय स्थान हासिल गरेका छन् । त्यसैगरी कक्षा ५ तर्फ एलिना हमाल प्रथम , साहिल अलि नाउँ, रमन बम्रेल द्वितीय, अनुजा डुम्रे तृतीय र आरती परियार सान्त्वना भएका छन् ।

    त्यसैगरी विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म हाजिरीजवाफ प्रतियोगिता पनि सप्पन्न भएको छ । सोइया स्वाभलम्वी संस्थाको आर्थिक सहयोगमा उक्त प्रतियोगिता सप्पन्न भएको हो । अन्तरसदानात्मक रुपमा भएको प्रतियोगितामा मनास्लु सदनका रास पोख्रेलको समूह प्रथम, अन्नपूर्ण सदनका आयुसा पोख्रेलको समूह द्वितिय, धौलागिरी सदनका दिवश पाण्डेको समुह तृतिय र सगरमाथा सदनका सफल सापकोटाको समूहले तृतीय स्थान हासिल गरेको विद्यालयले जनाएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij