सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

"समृद्धिका लागि पर्यटन"

"समृद्धिका लागि पर्यटन"

दल बहादुर गुरुङ

images
  • 477
    SHARES

  • images
    images
    images
    "समृद्धिका लागि पर्यटन"
    images
    images
    images

    दल बहादुर गुरुङ (डिबि), लुम्बिनी पाना। पछिल्लाे समय पर्यटन गरीखाने उद्यम बनेकाे छ । मनाेरञ्जन ठान्नेहरुले समेत पर्यटनलाई व्यवसाय, पेसा, उद्याेगका रुपमा ग्रहण गर्न थालेका छन् । विश्व बजारमा पर्यटनलाई धूँवारहित उद्याेगकारुपमा परिभाषित गरिएकाे छ । 

    हामी नेपालीहरु ससाना कुटिर उद्यम चलाएर ,निर्वाहमुखी व्यवसाय गरेर,पुरातन शैलीकाे कृषिमा जीवन गुजारी रहेका छाैं । समृद्धिकाे सपना देखिरहेका छाैं । 

    images
    images
    images

    व्यापार,व्यवसाय गर्नु,साना उद्यम सञ्चालन गर्नु र ठूला उद्याेग चलाएर स्वराेजगार बन्नु,राेजगार दिन सक्नु ठूलाे विषय बनिरहेकाे बेला पर्यटनमार्फत नेपालीहरुले समृद्धिकाे कल्पना गर्नु आठाैैं आश्चर्यकाे विषयभने हाेईन । 

    यतिबेला पर्यटन प्रवर्द्धनका लागि यातायातका साधनलाई पहिलाे प्राथमिकतामा राखेकाे देखिन्छ । सुरक्षाकाे अवस्था कस्ताे छ ? पर्यटकहरु बुझ्न खाेज्छन् । हाेटल, रिसाेर्ट,लजकाे प्रवन्ध छ कि नाइँ ? यसले समेत पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेल्छ । आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई स्थानीय तथा रैथाने उत्पादन खुवाईन्छ कि आयातित खाना ? स्थानीय ताजा,अर्गानिक तरकारी,फलफूल खुवाईन्छ कि बजारिया ?

    पर्यटकहरुलाई अर्निका रुपमा मही, मकै र भटमासले स्वागत गरिन्छ वा चाउचाउ,चाउमिनले वा काेक-फेन्टाले ? यसले पनि नेपाली पर्यटन उद्यमलाई कुन बाटाेमा लैजाने वा लैजाद‌ै छाैं हेक्का हुन्छ । 

    करिव ढाई दशकदेखि नेपालका ग्रामीण भेगमा हाेमस्टे( घरबास कार्यक्रम)लाई उच्च प्राथमिकता दिएर समृद्धिकाे सपना पूरा गर्ने माध्यम पर्यटन बनाईएकाे छ । यसकाे सहायताले देशमा आर्थिक,सामाजिक र सांस्कृतिक समृद्धिकाे नयाँ आधार काेरिएकाे भेटिन्छ । 

    गाउँसहरमा हाेमस्टे खुलेपछि स्थानीयहरु,स्वराेजगारी भएका छन् । रैथाने उत्पादन बिक्री हुने अवसर प्राप्त भएकाे छ । स्थानीयमा पाक्वकला सीपकाे विकास भएकाे छ । अर्गानिक उत्पादनले बजार पाएकाे छ । हरिया सागपात,कुखुरा,खसी-बाेकाहरु हाेमस्टेमै बिक्री भएका छन् । स्थानीय कला,संस्कृतिकाे रक्षा हुँदै साेरठी,घाँटु, सालै जाे,करुवा नाँच र झ्याउँरेले बजार पाएकाे छ ।

    गाउँलेहरुले हाेमस्टेसँग नेपाली लाेकसंस्कृति ,संस्कार र परम्परालाई आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई गाउँमै प्रस्तुत गरि आर्थिक उपार्जन गर्ने अवसर मिलेकाे छ । 

    आफ्नाे क्षेत्रमा रहेका ऐतिहासिक,धार्मिक,पुरातात्त्विक,सांस्कृतिक एवम् पर्यटकीय स्थलहरुकाे विकास र प्रवर्द्धन गर्नका लागि पर्यटककाे आगमनले विशेष भूमिका खेलेकाे हुन्छ । 

    आफ्ना क्षेत्रका यी सबै गन्तव्यहरुकाे परिचय दिनु,पहिचान गराउनु र प्रसिद्धिका लागि सबैले पहल गर्न सकेमा उत्तम हुने देखिन्छ । त्यसका लागि पर्यटकमुखी प्रचार सामग्रीहर (ब्राेसर,हातेपर्चा,डायरी,डकुमेन्ट्री,पाेष्टर र पप्प्लेट,रेडियाे , टीभी सामग्री ) तयार पारेर वितरण तथा प्रसारण गर्नुपर्ने देखिन्छ ।

    अझ नाैलाै पर्यटनकाे अवधारणा अनुसार पर्यापर्यटन आईपुगेकाे छ । वन,वातावरण र जैविक विविधता संरक्षणका लागि पर्यापर्यटनकाे विकास र प्रवर्द्धन आजकाे टड्काराे आवश्यकता बनिरहेकाे छ । वन,वातावरण र जैविक विविधता संरक्षण गर्दै प्राकृतिक रुपमा प्रयाेग गर्न पर्यापर्यटन नाैलाे विधाका रुपमा हामीबीच आईपुगेकाे हाे ।

    वनभित्र रहेका चराचुरुङ्गी,वन्यजन्तु,वनस्पति र जडिबुटीहरुका बारेमा चिनाउँदै वनकै काफल,फँडेर ,जामुना,खल्लुक,आँप, केरा चखाउँदै वन परिक्रमा गराउन सक्दा पर्यटकहरु ज्यादै खुसी हुन सक्नेछन् । स्थानीय हाेमस्टेमा बसालेर गिठ्ठा ,तरुल चखाउन पाए जाती हुनेछ। चाैताराे,माैवा,काफल र चिउरी,खनियाँ,आरुबखडा, सिस्नुकाे घरेलु रक्सी रस्वादन गराउन सकिएमा पर्यटक खुसी भई स्थानीयकाे आम्दानीकाे परिधि विशाल हुन सक्छ । बेलकाे जुस चखाउँदै वनकाे अवलाेकन भ्रमण गराउन सकेमा आर्थिक लाभ लिन सकिने छ । 

    पर्यटक हाम्रा पाहुना हुन् । उनीहरुलाई स्वागत,सम्मान गरी उपस्थितिलाई कदर गर्न सकिएमा जाती हुने छ । हार्दिकता बढ्ने छ । पर्यापर्यटन विकास र प्रवर्द्धनका लागि स्थानीय सामुदायिक वन उपभाेक्ता समूहहरुले याेजनावद्व कार्यक्रम तय गरि अघि बढेमा वन,वातावरण र जैविक विविधता संरक्षणमा टेवा पुग्नेछ ।

    वन समूहले नियमित आम्दानी बढाउन, वन,वातावरण र जैविक विविधताकाे संरक्षण गर्न र आयमुखी क्रियाकलापमा सहभागी हुन पर्यापर्यटनमा जाेड दिनुपर्ने देखिन्छ । जसकाे कारण समूहले नियमित आम्दानी बढाउँछ । स्थानीयहरुले राेजगारी पाउँछन् । स्थानीय उत्पादनले बजार पाउँछ । स्थानीय कला, संस्कृतिकाे जगेर्ना गर्न सम्भव भई पर्यटकबाट पैसा लिई गर्जाे टार्न सम्भव छ ।

    त्यसैले वन समूहरुले आफ्ना वनभित्र बगैंचाहरु निर्माण गर्ने,प्रकृतिमैत्री पार्क बनाउने ,वन,वातावरण र जैविक विविधता संरक्षण गर्ने खालका संरचनामा ध्यान दिने र प्रचार प्रसार गर्न सकेमा पर्यापर्यटनमा विकास सम्भव हुनेछ । 

    काठ बेच्ने,हरियापरिया वन पैदवारमात्र बेचेर आम्दानी बढाउने काममा नलागी पर्यापर्यटनमार्फत पनि समृद्धिकाे सपना पूरा गर्न सकिन्छ । यसैमा सामुदायिक वन उपभाेक्ता समूह लाग्नु हितकर ठहरिनेछ ।

    (लेखक सामुदायिक वन समन्वय समिति तिनाउ गाउँपालिका पाल्पाका अध्यक्ष हुनुहुन्छ।)

    प्रस्तुत लेख लुम्बिनी पानाले प्रकाशन गरेको पर्यटन विशेषांकबाट साभार गरिएको हो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij