सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्बको देवदह गुरुयोजना सार्वजनिक

लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्बको देवदह गुरुयोजना सार्वजनिक

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्बको देवदह गुरुयोजना सार्वजनिक
    images
    images
    images

    लुम्बिनी पाना, लुम्बिनी। लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्बको देवदह गुरुयोजना सार्वजनिक भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदहमा झन्डै ८० अर्ब रुपैयाँको लागतमा निर्माण हुने पूर्वाधार गुरुयोजना सार्वजनिक गर्नुभएको हो। 

     

    images
    images
    images

    086A4567-scaled.jpg

     

     

    अर्बौं लगानीमा बुद्दको मावली स्थल देवदहमा निर्माण हुने विश्व विद्यालयको गुरु योजना सार्वजनिक भए सङ्गै स्थानीय उत्साहित भएका छन् । 

    सरकारले २०७७ सालमा विश्वविद्यालयलाई देवदहमा करिब ९२ बिघा जमिनको भोगाधिकार दिएको थियो। सोही क्षेत्रलाई समेटेर तयार गरिएको गुरुयोजनालाई असार ३२ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आठौँ सभा बैठकले स्वीकृत गरेको थियो। मन्त्री पौडेलले विश्वविद्यालयमा बौद्ध दर्शनसँगै अन्य शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै लुम्बिनी र गौतम बुद्धको नाममा अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको ब्रान्डिङ गर्न निर्देशन दिनुभयो। 

    कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले त्रिपिटक पार्क र देवदह शिक्षा विकास परियोजनाजस्ता कार्यक्रममार्फत शैक्षिक पर्यटन प्रवर्द्धन गर्न लागेको जानकारी दिनुभयो । लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउनका लागि विश्वविद्यालयले कार्यक्रम बनाइरहेको उहाँको भनाई थियो।

    रजिष्ट्रार डा.तिलकराम आचार्यले देवदहको जग्गा प्राप्तिमा आएको चुनौतीको स्मरण गर्दै गुरुयोजनाको कार्यान्वयनपछि विश्वविद्यालय मुलुककै नमुना शैक्षिक संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो। लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक केन्द्रका रुपमा विकास गर्नेगरी विश्वविद्यालयले पूर्वाधार निर्माण गरिरहेको रजिष्ट्रार आचार्यको भनाई थियो। 

    सो अवसरमा विश्वविद्यालयले रुपन्देहीको खडैयामा १२ करोड ८३ लाख रुपैयाँको लागतमा एक सय जना क्षमताको अन्तर्राष्ट्रिय छात्रावास निर्माणको घोषणा पनि गरेको छ। निर्माण कार्य २० महिनाभित्र सम्पन्न हुने लक्ष्य लिइएको छ। हाल विश्वविद्यालयमा करिब ३ हजार विद्यार्थी अध्ययनरत छन्, जसमध्ये २ सयभन्दा बढी विदेशी नागरिक रहेको विश्वविद्यालयले जनाएको छ।

    देवदह -८ को टटेरामा लुम्बिनी विश्व विद्यालयको प्रशासनिक भवन निर्माण सम्पन्न भएर संचालनमा आएको छ।स्वदेशी र विदेशी गरि झण्डै १६ हजार बढी विद्यार्थीले अध्ययन गर्ने भनिएको विश्व विद्यालय निर्माण पश्चात् देवदह शैक्षिक पर्यटनको रुपमा विकास हुने विश्वास गरिएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij