सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लुम्बिनीबाट मुक्तिनाथसम्म “शान्तिदेखी मुक्तिको यात्रा” सुरु

लुम्बिनीबाट मुक्तिनाथसम्म “शान्तिदेखी मुक्तिको यात्रा” सुरु

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    लुम्बिनीबाट मुक्तिनाथसम्म “शान्तिदेखी मुक्तिको यात्रा” सुरु
    images
    images
    images

    लुम्बिनी पाना, बुटवल। नेपाललाई विश्वभर आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा चिनाउने उद्देश्यसहित समुन्द्र घिमिरे क्षेत्रीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट मुक्तिनाथसम्मको पैदल यात्रा सुरु गरेका छन्। “शान्तिदेखी मुक्तिको यात्रा” नाम दिइएको यो अभियान नेपालको आध्यात्मिक धरोहर, शान्तिको सन्देश र आत्मिक मुक्तिको प्रतीकका रूपमा सुरु गरिएको हो।

    समुन्द्र घिमिरे क्षेत्रीका अनुसार, यो यात्रा केवल व्यक्तिगत साधना होइन, सम्पूर्ण राष्ट्रकै गौरव र आध्यात्मिक चिनारीलाई विश्वमञ्चमा पुर्‍याउने प्रयास हो। उनले यात्रा सुरु गर्नुअघि भने, “यदि तपाईं शान्तिको खोजमा हुनुहुन्छ भने शान्ति नेपालमै भेटिन्छ, र यदि तपाईं मुक्तिको खोजमा हुनुहुन्छ भने मुक्ति पनि यही भूमिमा प्राप्त हुन्छ।”

    images
    images
    images

    लुम्बिनीबाट सुरु भएको यो यात्रा उनले पैदल गर्दै मुक्तिनाथसम्म निरन्तर अगाडि बढाइरहेका छन्। बाटोभरि उनले स्थानीय बासिन्दा, धार्मिक श्रद्धालु र युवाहरूसँग भेटघाट गर्दै शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश बाँडिरहेका छन्। मुक्तिनाथ, हिन्दु र बौद्ध दुवै धर्मका श्रद्धालुहरूको साझा पवित्र स्थल भएकाले यस यात्राले धार्मिक सहिष्णुता र एकताको सन्देश पनि फैलाउने अपेक्षा गरिएको छ।

    यात्राको क्रममा समुन्द्र घिमिरेले नेपालमा आध्यात्मिक पर्यटनको अपार सम्भावना रहेको बताउँदै भनेका छन्, “यो मेरो मात्र यात्रा होइन, सम्पूर्ण राष्ट्रको यात्रा हो। नेपाल आफैंमा शान्ति र मुक्तिको धरातल हो — यही सन्देश विश्वभर पुर्‍याउने मेरो संकल्प हो।”

    उनले यात्रामा साथ र सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तिहरूप्रति आभार प्रकट गर्दै यो अभियानलाई सफल बनाउन सबै नेपालीको नैतिक समर्थन आवश्यक रहेको बताए। उनका अनुसार, “शान्तिदेखी मुक्तिको यात्रा” ले नेपाललाई केवल हिमाल र प्राकृतिक सुन्दरताको देश होइन, आत्मा, आस्था र आध्यात्मिक चेतनाको केन्द्रका रूपमा चिनाउने बताए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij