लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा हाजिरी जवाफ, हस्तलेखन तथा निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याव्सन ) देवदह नगर समितिको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा निमावि तर्फ भएको हाजिरी जवाफ प्रतियोगितामा १४५ अंकका साथ ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालय प्रथम, १३५ अंकका साथ बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय द्धितिय, १३० अंकका साथ सेभेन स्टार बोडिङ्ग स्कुल तृतिय र ११० अंकका साथ देवदह मदरटङ्गस एकेडेकी सान्त्वना भएको छ ।

यसैगरी प्रावि तर्फ भएको हस्तलेखन प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालय प्रथम, सेभेन स्टार बोडिङ्ग स्कुल द्धितिय, मदरल्याण एकेडेमी तृतिय र एसियन लाईट बोडिङ्ग स्कुल सान्त्वना भएको प्याव्सन देवदहले जनाएको छ ।
त्यसैगरी माध्यमिक विद्यालय तर्फ भएको निवन्ध लेखन प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालय प्रथम, एशियनलाई बोडिङ्ग स्कुल द्धितिय, देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालय तृतिय र नारायणी पव्लिक बोडिङ्ग स्कुल सान्त्वना भएको छ ।
नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याव्सन) देवदह नगर समितिका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रिय उपाध्यक्ष टिकाराम न्यौपाने, प्याव्सन लुम्विनी प्रदेशका उपाध्यक्ष लालहरी पाण्डे, रुपन्देही अध्यक्ष दिपक खनाल, सचिव बोधराज गौडेल लगायतले विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा गणेश कुमार अर्यालले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रम संयोजक प्रेमनारायण केवटको स्वागत र सचिव कृष्णप्रसाद गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij