लुम्बिनी पाना, बुटवल । नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा लुम्बिनी बौद्ध विश्वविद्यालयमा कविता लेखन, वाचन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। शिक्षाको गुणात्मक विकासमा रचनात्मक क्रियाकलापको महत्वलाई जोड दिँदै आयोजना गरिएको यस कार्यक्रममा रुपन्देही जिल्लाभरिका विभिन्न विद्यालयका ५६ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा समन्वय इकाई कार्यालय रुपन्देहीका प्रमुख माधव बन्जाडेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि बन्जाडेले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि यस्ता प्रतियोगिताहरू अपरिहार्य रहेको बताउनुभयो। उहाँले नेशनल प्याब्सनको यस प्रकारको पहलकदमीको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै कार्यक्रममा बाेल्दै नेशनल प्याप्सन केन्दीय उप महासचिव विष्णु प्रसाद पाैडेलले उपस्थित सम्पूर्ण विद्यार्थीहरूलाई सिर्जनशिलता सबैभन्दा महत्वपूर्ण कुरा भएकाेले आफूहरूलाई सिर्जनशिल बनाउनुपर्नेमा जाेड दिनुभयाे।
प्रतियोगितामा कविता लेखन तथा वाचनको निर्णायक मण्डलमा कृष्णप्रसाद पाण्डे र रमेश भण्डारी रहनुभएको थियो भने चित्रकला प्रतियोगिताको निर्णायक मण्डलमा उज्जलकुमार कायस्थ तथा जितेन चौधरीले भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन नेशनल प्याब्सन रूपन्देहीका कोषाध्यक्ष कमल पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य रामअवतार यादवले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विलप्रसाद गुरुङ, प्रमिला पछाई, शंकर गौतम, एल.बी. रौतार, अरविन्द हरिजन, कमलेश यादव लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।प्रतियोगिताका कविता लेखन तथा वाचन (सिनियरतर्फ): प्रथम: दिया न्यौपाने (देवदह इङ्ग्लिस बोर्डिङ स्कुल), द्वितीय: स्मृति भट्टराई (सिद्धार्थ बोर्डिङ स्कुल),तृतीय: सिद्धी केशरी (ग्लोरी बोर्डिङ स्कुल तथा सान्त्वना: गुराँस गहतराज (बुटवल ग्लोरी) भएका छन्।
त्यस्तै कविता लेखन तथा वाचन (जुनियरतर्फ)प्रथम वार्षिका बन्जाडे (स्कलर्सहोम),द्वितीय निकोल चापागाईं (नमुना एभरग्रिन स्कुल),तृतीय शिवानी सापकोटा (सिद्धार्थ ग्यालेक्सी तथा सान्त्वना नसिफा खातुन (ब्राइट स्टार) भएका छन्।त्यस्तै चित्रकला प्रतियोगिता (जुनियरतर्फ),प्रथम करन माैर्य ब्राइट स्टार बोर्डिङ स्कुलका छात्र),द्वितीय प्राप्ति श्रेष्ठ (ग्लोरी बोर्डिङ स्कुल),तृतीय स्मारिका नामजाली (नमुना एभरग्रिन स्कुल) सान्त्वना साइमन थापा देवदह बाेडिङ्ग स्कुल चित्रकला प्रतियोगिता (सिनियरतर्फ)प्रथम मेगा गुरूङ सिद्धार्थ ग्यालेक्सी बोर्डिङ स्कुलकी छात्रा )द्वितीय निसा गुप्ता (ब्राइट स्टार इङ्ग्लिस बोर्डिङ स्कुलकी छात्रा ),तृतीय सुदिक्षा श्रेष्ठ (देवदह इङ्ग्लिस बोर्डिङ स्कुल),सान्त्वना: प्राप्ति थापा (ग्लोरी बोर्डिङ) भएका छन्।
यस कार्यक्रमले विद्यार्थीहरूमा लुकेको प्रतिभालाई बाहिर ल्याउन र उनीहरूको आत्मविश्वास बढाउन मद्दत पुगेको आयोजकले बताएको छ।कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो सिर्जनशीलता र कला कौशल प्रदर्शन गर्ने उत्कृष्ट अवसर पाएकोमा खुसी व्यक्त गरेका थिए। आयोजक नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै निर्णायक मण्डल, विद्यालयहरू, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि नेशनल प्याब्सन सधैं प्रतिबद्ध रहेको बताउनुभयो।
प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई कार्यक्रमको अन्त्यमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो कला र साहित्यप्रतिको रुचि बढाउनुका साथै प्रतिस्पर्धात्मक क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij