लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -९ स्थित न्यू नमुना ईङ्गलिस बोर्डिङ्ग हाई स्कुलमा विद्यार्थीहरुले मतदान मार्फत बाल क्लबका प्रतिनिधि चयन गरेका छन् । स्कुलमा नमुना बाल क्लब गठनको लागी शुक्रवार मतदान भएको हो ।

विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने उद्धेश्यले बाल क्लबलाई सहमतिमा गठन गर्ने परिपाटीलाई अन्त्य गर्नको लागि मतदान प्रक्रियाबाट बाल क्लब गठन गरिएको उक्त स्कुलका प्राचार्य चुरा बहादुर थापाले जानकारी दिनु भयो ।

मतदानबाट अध्यक्षमा पुनः विश्वास अधिकारी निर्वाचित हुनु भएको छ । कक्षा १० का अधिकारीले १७८ मत तथा उपविजेता शुभम भण्डारीले १६४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक प्रकाश अधिकारीले जानकारी दिनु भयो ।
अधिकारीका अनुसार उपाध्यक्षमा २०७ मतका साथ कक्षा १० कै आयूष्मान अधिकारी सचिवमा कक्षा ७ की रितकृति अधिकारी सहसचिवमा कक्षा १० का आगमन बोहोरा र कोषाध्यक्षमा कक्षा ८ की कृष्टी विक निर्वाचित भएका छन ।
कक्षा ४ देखि कक्षा १० सम्मका ३७७ जना विद्यार्थी सहभागि रहेको उक्त मतदानमा ३५६ मत खसेकोमा २ मत बदर भएको थियो । यस अघि पनि २०८१ सालमा विश्वास अधिकारी मतदान प्रक्रियाबाट विजयी भएका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij