सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, बुटवल ।राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगिताबाट १० जना विद्यार्थी राष्ट्रिय स्तरको प्रतियोगिताका लागि छनोट भएका छन् ।
काठमाण्डौमा असारको अन्तिम साता हुने राष्ट्रिय प्रतियोगिताका लागि रुपन्देहीका विभिन्न संस्थागत विद्यालयहरुबाट प्रतिस्पर्धामा सहभागि भएका ३३ विद्यार्थीहरुबाटबाट राष्ट्रिय प्रतियोगिताका लागि १० जना प्रतियोगी विद्यार्थी छनोट भएका हुन् । रुपन्देहीमा भएको प्रतियोगिताबाट राष्ट्रिय स्तरको चित्रकला प्रयोगिताका लागि दश जना छनोट भएको नेशनल प्याब्सनका सचिव विनोद थापा मगरले जानकारी गर्नुभयो ।
सगरमाथा आवासिय मा.वि.का पुष्कल पाण्डेय, सुनगाभा पब्लिक सेकेण्डरी स्कुलका राजिब खनाल, सुनगाभा पब्लिक सेकेण्डरी स्कुलका उमेश विश्वकर्मा, न्यू लुम्बिनी ई.बो.स्कुलका जगत राना, न्यू लुम्बिनी ई.बो.स्कुलका प्रिन्सिका पाइजा, सगरमाथा आवसिय मा.वि.का आश्ना खरेल, सुनगाभा पब्लिक सेकेण्डरी स्कुलका संस्कृती ज्ञावली, ग्यालेक्सी ई.बो.स्कुलका दिपसना थापा, सगरमाथा आवासिय मा.वि.का ईस्पु पोखरेल, ग्यालेक्सी ई.बो.स्कुलका रिसिका बलाल छनोटमा परेको हुन् । विद्यार्थीले बनाएको चित्रका आधारमा विद्यार्थीहरु छनोटमा परेका हुन् । छनोटमा परेका विजेताहरुलाई प्रमाणपत्र तथा आकर्षक पुरस्कार प्रदान गरिएको थियो । उनीहरुले अब असारको अन्तिम साता काठमाण्डौमा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा फाईनल प्रतिस्पर्धा गर्ने सचिव थापा मगरले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेलले प्रतियोगिता हार र जीतको भन्दापनि सहभागिताको प्रारम्भ भएकाले विद्यार्थीहरुलाई हरेक क्षेत्रमा सहभागिता मुलक प्रतिनिधित्व जनाउन विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले अघिल्लो चरणका लागि छनोट भएका प्रतिस्प्रर्धी विद्यार्थीलाई बधाई सहित सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रम नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष तिलव केसीको अध्यक्षता र सौगात भट्टराईको स्वागतमा सम्पन्न भएको थियो ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij