सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह बुद्ध पब्लिकमा स्काउट सम्बन्धि अभिमुखिकरण कार्यक्रम

देवदह बुद्ध पब्लिकमा स्काउट सम्बन्धि अभिमुखिकरण कार्यक्रम

images
  • 871
    SHARES

  • images
    images
    images
    देवदह बुद्ध पब्लिकमा स्काउट सम्बन्धि अभिमुखिकरण कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह ५ मा अवस्थित देवदह बुद्ध पब्लिक आवासीय मा.विमा स्काउट अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार विद्यालयको सभाहलमा एक कार्यक्रमका बिच स्काउट सम्बन्धि अभिमुखिकरण गरिएको हो । देवदह स्काउट दलद्वारा आयोजना गरिएको कार्यक्रममा देवदह नगर स्थानीय स्काउट समिति सदस्य सुरज भट्टराईले प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रममा बोल्दै देवदह नगरका प्रमुख स्काउट आयुक्त विकास गहतराजले परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्काउटका विद्यार्थीहरूले आफ्नो व्यक्तिगत तथा घरायसी कामहरू आफैं गर्ने बानी विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाले नगर स्काउट समितिले नगरका प्रत्येक विद्यालयमा स्काउट गतिविधि सञ्चालन गर्न आवश्यक ठानी बिटिसी र पिटिसी तालिम समेत सम्पन्न गरिसकेको जानकारी दिनुभयो । उहाँले “एक घर, एक स्काउट” अभियानका साथ स्काउट अभियानलाई अगाडि बढाइएको उल्लेख गर्नुभयो ।

    images
    images
    images

    कार्यक्रममा प्रशिक्षक सरज भट्टराईले स्काउटको परिभाषा, नियम, साइन, सलुट, उद्देश्य, महत्व र आवश्यकताको विषयमा जानकारी दिनुभयो । साथै, उहाँले स्काउटले बालबालिकामा लुकेको प्रतिभा उजागर गर्न, आत्मनिर्भर बन्न र समस्यासँग जुध्न सिकाउन कसरी सहयोग गर्छ भन्ने विषयमा चर्चा गर्नुभएको थियो ।

    देवदह बुद्ध पब्लिक आवासीय मा.विका प्रधानाध्यापक कृष्ण प्रसाद गैरेले स्काउटले विद्यार्थीलाई अनुशासित, स्वावलम्बी, नेतृत्वदायी र योग्य नागरिक बनाउन सहयोग गर्ने भएकाले बालबालिका र युवाका लागि स्काउट अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा विद्यालयका शैक्षिक परामर्श सल्लाहकार शोभाकान्त न्यौपाने, बुद्ध पब्लिक मन्टेश्वरी संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, स्काउट मास्टर पुजा बोहरा, अभिभावक र स्काउटर विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।

    कार्यक्रम विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद गैरेको अध्यक्षता, सहायक प्रधानाध्यापक वेद सूर्यवंशीको स्वागत र शिक्षक ढुण्डिराज मरासीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij