लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -७ मा अवस्थित बुद्द पब्लिक आवासीय माविका दुई जना विद्यार्थीले यस वर्षको एसईई परिक्षामा ४ जिपिए प्राप्त गरेका छन् ।

विद्यालयबाट एसईई परिक्षामा सहभागी भएका ५१ जना विद्यार्थी मध्य शतप्रतिशत उत्तीर्ण सहित आर्यन पाण्डे र विवेक भुसालले ४ जिपिए ४ प्राप्त गरि उत्तीर्ण भएका हुन् ।
२०६७ सालदेखि एसएलसी सुरु भएको विद्यालयको २०८१ मा १५ औं व्याच सम्म आइपुग्दा उत्कृष्ट नतिजा सहित विद्यार्थीहरु उत्तीर्ण हुँदै आएको र २०७८ देखि निरन्तर देवदह नगरपालिकामा प्रथम हुँदै आएको विद्यालयका प्राचार्य कृष्ण प्रसाद गैरेले जानकारी दिनुभयो।
जिपिए ४ प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद २५ हजार र गोल्ड मेडल, तथा जिपिए ३.२ देखी ३.९९ सम्म अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई पनि नगद तथा गोल्ड मेडल प्रदान गर्दै आएको प्राचार्य गैरेको भनाई थियो।
शनिबार विद्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आइतबार दिउँसो १ बजे उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सहित नगर परिक्रमा सहित अबिर जात्रा कार्यक्रम तय गरिएको विद्यालयले जनाएको छ। अविर जात्रा विद्यालयबाट सुरु भई देवदह -५ प्रगतिबजार, देवदह नगरपालिका, ढेकावर भवानीपुर हुँदै शितलनगर, घोडाहा र देवदह ७ ज्योतीनगर हुँदै विद्यालयमा आएर समापन हुने विद्यालयले जानकारी गराएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij